कास्कीमा स्वतन्त्र पार्टीको अग्रता कायमै, अरु दलको परिणम यस्तो….

काठमाडौं । कास्की क्षेत्र-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ।

१८ सय ४ मत गणना हुदाँ स्वतन्त्र पार्टीका माधवप्रसाद कडेँलले ५ सय ६१ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा एमालेकी विद्या भट्टराईले पछ्याइरहनुभएको छ । भट्टराईले ४ सय १७ मत पाउनुभएको छ ।

एकिकृत समाजवादीका श्रीनाथ बरालले ३ सय २ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राप्रपाका सुवर्णराज पन्तले २ सय ४९ प्राप्त गर्नुभएको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं । सप्तरी २ मा जनमत पार्टीका उम्मेदवार चन्द्रकान्त (सिके) राउतले अग्रता बनाउनुभएको छ। राउतले १०२० मत पाउँदा एमालेको समर्थन रहेका जसपाका उम्मेदवार उपेन्द्र यादवले ४ सय ५२ मत पाउनुभएको छ ।

राउतसँग दोब्बर मतले पछाडि परेका यादव पछिल्लो मत परिणामअनुसार दोस्रो स्थानमा उक्लिनुभएको छ । उहाँले सत्ता गठबन्धनबाट लोसपाका जयप्रकाश ठाकुरलाई पछि पार्नुभएको हो । ठाकुरले ३०८ मत पाउनुभएको छ भने राप्रपाका उम्मेदवार कैला मंसुरीले ९ मत पाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय