मुसिकोटमा पिक अप जीप दुर्घटना

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ४ दजाकोटबाट तम्घासको लागि हिडेको लु २ च ३५१९ नम्बरको डबलग्याप पिकअप गाडी भङलाङ्गमा दुर्घटना भएको छ।

ब्रेक फेल भएका कारण जीप कुनामा धसिएर बाटोमा पल्टिएको स्थानियले बताएका छन। दुर्घटनामा मानवीय क्षेती भने नभएको बताइएको छ, तर गाडिमा सवार ४ जाना घाइते भएका छन।

यो पनि पढ्नुहोस् – काठमाडौं । मतगणना सुरु भएका काठमाडौंका पाँच निर्वाचन क्षेत्रमध्ये तीनवटामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले काठमाडौं क्षेत्र नम्बर ६, ७ र ८ मा अग्रता लिएका हुन् । काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठले प्रतिस्पर्धीहरुलाई पछि पारेका छन् । काठमाडौं-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष पुकार बम तेस्रो स्थानमा छन् ।

काठमाडौं-४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता लिएका छन् र यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पनि छैनन् । अहिले काठमाडौं १, ४, ६, ७ र ८ मा मतगणना भइरहेको छ ।

ललितपुरका तीन निर्वाचन क्षेत्रमा मतगणना भइरहेकोमा सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु तेस्रो स्थानमा छन् । ललितपुर-१ मा सचिनकुमार घिमिरे, २ मा बुद्धरत्न महर्जन र ३ मा तोसिमा कार्की तेस्रो स्थानमा छन् । मतगणना भइरहेको भक्तपुर-२ मा कांग्रेस र एमालेको प्रतिस्पर्धा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय