मतपेटिका आगजनी गरिएको देवचुलीमा पुनः मतदान सुरु

काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिकाका–४ मा मतदान सुरु भएको छ ।

शान्ति सृजना आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिकामा आगजनी गर्दा आइतबार मतदान स्थगित गरिएको थियो । नवलपुरका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले आज साँझ ५ बजेसम्म मतदान जारी रहने बताउनुभयो ।

स्थगित मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान सम्पन्न भएपछि साँझबाटै मतगणना गरिने उहाँले बताउनुभयो । यो मतदान केन्द्रमा नौ सय ८० मतदाता छन् ।
यो पनि पढ्नुहोस् – प्यूठान । मतपेटिकामा टुटफुट देखिएपछि प्यूठानमा विवाद देखिएको छ । विवादले बस्न नसकेको सर्वदलीय बैठक भर्खर सुरु भएको छ ।

झिम्पस्थित नौबाहिनी बराह मावि मतदान केन्द्रको मतपेटिकाको सिल तोडिएको पाइएको छ ।

यस्तै गौमुखीस्थित ज्ञानुदय आधारभूत मावि केन्द्रमा समानुपातिक तर्फको मतपेटिका पनि फुटेको भन्दै विवाद भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय