प्यूठान । मतपेटिकामा टुटफुट देखिएपछि प्यूठानमा विवाद देखिएको छ । विवादले बस्न नसकेको सर्वदलीय बैठक भर्खर सुरु भएको छ ।
झिम्पस्थित नौबाहिनी बराह मावि मतदान केन्द्रको मतपेटिकाको सिल तोडिएको पाइएको छ । यस्तै गौमुखीस्थित ज्ञानुदय आधारभूत मावि केन्द्रमा समानुपातिक तर्फको मतपेटिका पनि फुटेको भन्दै विवाद भएको छ ।
यो पनि पढ्नुहोस् – काठमाडौं । काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन् ।
सोमबार विहान सार्वजनिक पछिल्लो मत परिणाम अनुसार सिंहले ७५४, राप्रपाका रवीन्द्र मिश्रले ६८० नेकपा एमालेका किरण पौडेलले ४९६, नेपाल सुशासन पार्टीका रमेश खरेलले २२६ र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बलमे १७५ मत पाएका छन् ।
