प्रहरी चढेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ९ जनाको अवस्था चिन्ताजनक

बैतडी । बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ९ जनाको अवस्था चिन्ताजनक छ ।

पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको थियो । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले दुर्घटनामा तीन जनाको मृत्यु भएको र नौ जनाको अवस्था ‘अत्यन्तै चिन्ताजनक’ रहेको बताए । घाइतेहरुलाई हेलिकोप्टरमार्फत् कोहलपुर पठाउने तयारी भइरहेको छ ।उक्त जिपमा १२ जना सवार थिए । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

यो पनि पढ्नुहोस् – पोखरा । हिमालपारीको जिल्ला मुस्ताङमा प्रतिनिधि सभातर्फ ३ हजार ७७९ मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

गठबन्धनबाट कांग्रेस उम्मेदवार योगेश गौचन २०३५ मतसहित अग्रस्थानमा छन् भने एमालेका प्रेम प्रसाद तुलाचन १६५७ मतसहित पछ्याइरहेका छन् । मुस्ताङमा करीव १० हजार मत खसेको छ ।
त्यस्तै गरि धनुषा क्षेत्र नम्बर ३ को सुरुआती मतगणनामा नेकपा एमालेकी जुलीकुमारी महतोले अग्रता लिएकी छन् ।

पूर्व मन्त्री महताेले ६०८ मतले अग्रता लिँदा दोस्रो स्थानमा सिके राउत नेतृत्वको जनमत पार्टीका शम्भु कुमार साह छन् । उनले ३२० मत पाएका छन् भने सत्ता गठबन्धनका साझा उम्मेदवार लोसपाका अनिल कुमार झा ३१० मतसहित तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय