मुस्ताङमा कांग्रेसको सुरुआती अग्रता

पोखरा । हिमालपारीको जिल्ला मुस्ताङमा प्रतिनिधि सभातर्फ ३ हजार ७७९ मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

गठबन्धनबाट कांग्रेस उम्मेदवार योगेश गौचन २०३५ मतसहित अग्रस्थानमा छन् भने एमालेका प्रेम प्रसाद तुलाचन १६५७ मतसहित पछ्याइरहेका छन् । मुस्ताङमा करीव १० हजार मत खसेको छ ।

यो पनि पढ्नुहोस् – जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ को सुरुआती मतगणनामा नेकपा एमालेकी जुलीकुमारी महतोले अग्रता लिएकी छन् । पूर्व मन्त्री महताेले ६०८ मतले अग्रता लिँदा दोस्रो स्थानमा सिके राउत नेतृत्वको जनमत पार्टीका शम्भु कुमार साह छन् ।

उनले ३२० मत पाएका छन् भने सत्ता गठबन्धनका साझा उम्मेदवार लोसपाका अनिल कुमार झा ३१० मतसहित तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय