यी क्षेत्रमा जारी छ मतगणना

काठमाडौं । हिजो सम्पन्न निर्वाचनको अन्तर्गत काठमाण्डौ, ललितपुर, भक्तपुर र कास्कीमा मतगणना सुरु भएको छ । काठमाण्डौको क्षेत्र नम्बर–७, ललितपुर क्षेत्र नम्बर २, ललितपुर क्षेत्र नम्बर ३, भक्तपुर क्षेत्र नम्बर २ र कास्की क्षेत्र नं २ मा मतगणना सुरु भएको हो ।

काठमाण्डौ ७: काठमाण्डौको निर्वाचन क्षेत्र नम्बर–७ को मतगणना आज बिहानदेखि सुरु भएको हो । काठमाण्डौ महानगरपालिका वडा नम्बर–१६ नयाँबजार जुडो हलमा मतगणना सुरु गरिएको हो । सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ हुनेछ । मतगणनालाई सुरक्षित बनाउन तारजालीको व्यवस्था गरिएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको एक/एक जना प्रतिनिधिलाई सहभागी गराइएको छ ।

काठमाण्डौ ७ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अस्मिता सिंह मानुषी भट्टराई, एमालेका श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरलगायत प्रतिस्पर्धामा हुनुहुन्छ । काठमाण्डौका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले काठमाण्डौका अरु क्षेत्रमा सर्वदलीय सहमतिका आधारमा आज बिहानदेखि मतगणना सुरु गर्ने तयारी छ ।

ललितपुर २ : ललितपुर २ को मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो सङ्घको कार्यालयमा भैरहेको छ । ललितपुरमा ५८ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र नेकपा एमालेका प्रेमबहादुर महर्जन लगायत २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

भक्तपुर २ : भक्तपुर क्षेत्र नम्बर २ मा पनि मतगणना सुरु भएको छ । बोडेमा रहेको कृषि विकास तालिम केन्द्रमा मतगणना भैरहेको हो । भक्तपुरमा करिब ७२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय जानकारी दिएको छ । यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत र गठबन्धनबाट कांग्रेसका उम्मेदवार दुर्लभ थापा क्षेत्री लगायत प्रतिस्पर्धामा छन् ।

ललितपुर ३ : ललितपुर निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय रहेको जावलाखेलको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना थालनी गरिएको हो । ललितपुर महानगरपालिका वडा नं २०, २१ र २२ को प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना सुरु गरिएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो ।

मतगणनालाई तीव्र बनाउन चार ठाउँमा गणना गर्ने तयारी गरिएको छ । अहिले एक ठाउँबाट मात्र गणना सुरु गरिएको छ । क्षेत्रमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका पम्फा भुसाल, नेकपा एमालेका अमृत खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसिमा कार्कीलगायत प्रतिस्पर्धामा हुनुहुन्छ ।

कास्की २ : कास्की निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ । पोखरा–१५ कोलपाटको मतपेटिकाबाट गणना सुरु भएको हो । प्रतिनिधि सभाको ४ सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार माधवप्रसाद कडेलले अग्रता लिनुभएको छ । उहाँले अहिलेसम्म १ सय २३ मत प्राप्त गर्नुभएको छ । त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय मत, नेकपा समाजवादीका श्रीनाथ बरालले ८२ मत, राष्टिय प्रजातन्त्र पार्टीका सुर्वण राज पन्तले ६८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, प्रदेश सभा २ क मा राष्टिय प्रजातन्त्र पार्टीका उमेदवार विजयबाबु भण्डारीले अग्रता लिनुभएको छ । ५ सय ४१ मत गणना हुँदा उहाँले १ सय ९९ मत प्राप्त गर्नुभएको छ । एमालेका भीम कार्कीले १ सय ४५, नेकपा माओवादीका विश्वप्रकाश लामिछानेले १ सय ५ मत, हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले ५५ मत प्राप्त गरेका छन् ।

कास्की क्षेत्र नम्बर १ र ३ को मतगणना आज बिहान सर्वदलीय बैठकपछि सुरु हुने प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ । काठमाण्डौसहित धेरै ठाउँमा आजदेखि मात्रै मतगणना सुरु हुने ,काठमाण्डौसहित देशका धेरै ठाउँमा आज सोमवारदेखि मात्रै मतगणना सुरु हुने भएको छ । काठमाण्डौको मतगणना यी १० ठाउँबाट हुने

क्त्र नम्बर १ – सङ्घीय संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) नयाँ बानेश्वर, क्षेत्र नम्बर २ – कागेश्वरी मनोहराको राधाकृष्ण मन्दिर थली, क्षेत्र नम्बर – गोकर्णेश्वर जोरपाटीको चामुण्डा स्कुल, क्षेत्र नम्बर ४ – बूढानीलकण्ठको चपलीमा रहेको ज्येष्ठ नागरिक भवनमा, क्षेत्र नम्बर ५ – टोखाको श्रीसमाज भवन, क्षेत्र नम्बर ६ – तारकेश्वरको धर्मस्थली, क्षेत्र नम्बर ७ – बालाजु ७ को जुडो हल, क्षेत्र नम्बर ८ – स्वयम्भूको गीतामाता स्कुल, क्षेत्र नम्बर ९ – नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) रवि भवन, क्षेत्र नम्बर १० – त्रिभुवन विश्वविद्यालय कीर्तिपुर स्मृति भवन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय