काठमाडौं । धनुषा ३ मा मतगणना सुरु भएको छ । ७ सय मत गणना हुँदा नेकपा एमालेकी जुलीकुमारी महतोले सुरुवाती अग्रता लिएकी छन् ।
महतोले २५७ मत प्राप्त गर्दा जनमत पार्टीका शम्भुकुमार साहले १५५ मत ल्याएर महतोलाई पछ्याइरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झाले १३२ मत पाएका छन् ।
यो पनि पढ्नुहोस् – काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन् । थापाले २ हजार २३० मत सहित अग्रता कायम गरेका छन् ।
उनलाई नेकपा एमालेका महेश बस्नेतले १ हजार ६३२ मतसहित पछ्याइरहेका छन् । भक्तपुर २ मा राप्रपाका मोहन केसीले १२३ मत पाएका छन् ।
