काठमाडौं । एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा स्याङजाको चापाकोट नगरपालिका–१ को भानु माविको मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ ।
प्रहरीले एक राउन्ड हवाई फायर गरेको स्याङ्जा प्रहरीका डीएसपी रवीन्द्र खनालले बताउनुभयो । झडपले मतदान सुचारू हुन सकेको छैन । मतदान सुचारू गर्न सर्वदलीय बैठक बसिरहेको निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।
यो पनि पढ्नुहोस् – काठमाडौं । नवलपरासी पूर्वको देवचुली नगरपालिका–४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ ।
स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको हो । आगजनी गरेको आरोपमा प्रहरीले स्थानीय नारायण भण्डारीलाई पक्राउ गरेको छ ।

उनले मतपेटिकामा बडीलोसन दलेर खसाएको बयान दिएका छन् । आग्जनी गरेपछि भण्डारी भागेका थिए । उनलाई २ किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।