निर्वाचनमा खटिएकी ३५ वर्षीया पवित्राको मृत्यु

धनकुटा : साँगुरीगढी गाउँपालिका–३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी ३५ वर्षीया पवित्रा याख्खा लिम्बूको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीका अनुसारशुक्रबार अपराह्न मृत्यु भएको हो।

मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्किँदै गर्दा लिम्बू अचानक बेहोस भएर लड्नुभएको थियो।

उपचारका लागि धरान लैजाने क्रममा गर्दा बाटैमा उहाँको मृत्यु भएको प्रहरी जनाएको छ।

सीतादेवी मावि खरखोलेकी शिक्षिका उनी मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमाखटिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय