काठमाडौं । नेपाली कांग्रेसले ३ जना नेतालाई निलम्बन गरेको छ ।
मंसिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर–४ का गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठविरूद्ध प्रचार गर्दै हिँडेको उजुरीको आधारमा उनीहरूलाई निलम्बन गरिएको कांग्रेसले बताएको छ ।

कांग्रेसको केन्द्रीय अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगानाले शनिबार(आज) प्रेस विज्ञप्ति जारी गरेर पार्टी सदस्यसमेत नरहने गरी उनीहरूलाई निलम्बन गरिएको बताउनुभएको छ ।
निलम्बनमा पर्नेहरूमा बारा जिल्लाका उपसभापति अमिरीलाल राउत, जिल्ला सदस्य हरिप्रसाद थपलिया र क्षेत्रीय प्रतिनिधि सुशील ढोडारी रहेका छन् ।