राप्रपा काठमाडौं-५ को कार्यालयमा तोडफोड

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को कार्यालयमा तोडफोड भएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यालयमा बिहीबार मध्यराति तोडफोड भएको हो । ‘कसले र किन तोडफोड भएको हो अहिलेसम्म खुल्न सकेको छैन,’ श्रेष्ठले भने । राप्रपाको झण्डा, ब्यानर च्यातिएको छ ।

राप्रपाले पराजित मानसिकता भएका उच्छृङ्खल समुहबाट गएराति महाराजगन्जस्थित राप्रपा काठमाडौं क्षेत्र नं ५ को सम्पर्क कार्यालय तोडफोड गरिएको भन्दै घटनाको निन्दा गरेकाे छ।

निर्वाचनलाई स्वच्छ, विश्वसनीय र भयरहित बनाउन सरकारसँग माग गरेकाे छ । प्रभावकारी अनुगमनका लागि निर्वाचन आयोग र निर्वाचनको पर्यवेक्षण गरिरहेका संघसंस्थाको ध्यानाकर्षण गराएकाे प्रवक्ता श्रेष्ठले बताए ।

काठमाडौं-५ मा राप्रपाबाट प्राध्यापक डा रामप्रसाद उप्रेती, एमालेबाट इश्वर पोखरेल र कांग्रेसबाट प्रदीप पौडेल उम्मेदवार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय