दुई दिन सार्वजनिक बिदा

काठमाडौं । सरकारले निर्वाचनलाई लक्षित गर्दै मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिन निजी प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयहरूलाई आग्रह गरेको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मंसिर ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएकोले निजी क्षेत्रले पनि सो दिन सार्वजनिक बिदा दिएर निर्वाचन प्रक्रियामा सघाउन अनुरोघ गरिएको छ ।

यो पनि पढ्नुहोस् – मुसिकोट । लियो क्लव अफ गुल्मी सालिमे मुसिकोट ७ वामीटक्सार गुल्मीले सडक दुर्घटना कम गर्ने उद्धेश्यले सडक ऐना राखेको छ ।क्लवले वामीटक्सार तल्लो बजार स्थित महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयको अगाडी पट्टी घुम्टीमा सडक ऐना राखेको हो । उक्त ठाउँ दुर्घटनाको दृष्टिले अत्यन्तै खतरा रहेकाले सडक ऐना राखिएको क्लवका अध्यक्ष पुजन सापकोटाले जानकारी दिनुभयो ।

२ महिना अगाडी मात्रै गठन गरिएको क्लवले पहिलो कार्यक्रमको रुपमा केही दिन अगाडी बजार क्षेत्रका विभिन्न ठाउँमा ट्राफिक सचेतना लेखिएका बोर्ड र फोहोर राख्ने डस्बिन राखेको थियो ।

\तिहारमा खेलिएको दैउसी भैलोबाट सकंलित रकमबाट सडक ऐनासगैं अन्य सामाजिक कार्यहरु गरिएको क्लवका जनसम्पर्क अधिकृत विवेक काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर