प्रदीप पौडेल यसरी छिर्नेछन् संसदमा

काठमाडौं – प्रदीप पौडेल विद्यार्थीका आन्दोलनबाटै खारिएका परिवर्तनकारी युवा नेता हुन् । विवादमा नमुछिएका । शालीन, मिलनसार र बौद्धिक नेताको छवि बनाएका पौडेल काठमाडौं ५ बाट उम्मेदवार बनेका छन् ।

०५३ मै अस्कल क्याम्पसमा स्ववियु सभापति भइसकेका उनले नेविसंघको कुशल नेतृत्व पनि गरिसकेका छन्  । योपटक भ्रष्टाचार नियन्त्रणलाई प्रमुख एजेन्डा बनाएर काठमाडौं ५ बाट चुनावी मैदानमा उत्रिएका उनले निर्वाचित भएपछि नागरिक पर्यवेक्षण समितिमार्फत सांसदको प्रतिबद्धताको निगरानी गर्नेलगायतका एजेन्डा अगाडि सारेर नयाँ तरिकाले संसदीय भूमिका प्रभावकारी बनाउने योजना बनाएका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गरेका पौडेल तेस्रोपटक पार्टी केन्द्रीय सदस्यका रूपमा छन् । स्नातकोत्तरसम्मको अध्ययन गरेका उनी पार्टीको नेतृत्व हाँक्न सक्ने सीमित युवा नेताका रुपमा पनि चिनिन्छन् । अघिल्लो निर्वाचनमा जित हासिल गरेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं ५ मा पौडेलको प्रतिस्पर्धी छन् । गठबन्धनको साथ रहेकाले सहज जित रहेको पौडेल बताउँछन् ।

अघिल्लो निर्वाचनमा यो क्षेत्रमा कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत एमालेका पोखरेलसँग पराजित भएका थिए । त्यही भएर यो क्षेत्रमा कोही उम्मेदवार बन्न चाहेका थिएनन् । तर, कांग्रेसले विश्वास गरेर पौडेललाई टिकट दियो । जुन दिनदेखि पौडेलले उम्मेदवारी मनोनयन दर्ता गरे, त्यसदिनदेखि नै काठमाडौं ५ को माहोल फेरिएको छ । यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरू पनि धेरै छन् । तर, प्रदीप पौडेलका अघि उनीहरू फिका देखिएका छन् ।

यसपटकको निर्वाचनमा नो नट अगेनको नारा चलेको छ । यो अभियानमा एमालेका विवादास्पद नेता पोखरेल पनि पर्छन् । छोटो समयमै अकूत सम्पत्ति जोडेको, पटकपटक सरकारमा रहँदा भ्रष्टाचारमा मुछिएको, एमालेकै नेतृत्वको सरकारमा रहँदा मन्त्री पद खोसिएको, आफन्तलाई राज्यका विभिन्न निकायमा नियुक्ति दिएको र रुष्ट स्वभावका कारण पनि पोखरेल यसपटक पौडेलको अगाडि कमजोर प्रतिस्पर्धी देखिएका छन् ।

पोखरेलले जितेर गए पनि न सरकारको नेतृत्व, न पार्टीकै नेतृत्व लिन सक्ने बरु पौडेलले जिते पार्टी र सरकार दुवैमा पुग्ने सम्भावना देखेकाले पनि मतदाताको पहिलो रोजाइमा उनी परेका छन् । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय