काठमाडौं। डोटीमा निर्वाचन सामाग्री बोकिरहेको जिप बिहीबार डोटीमा दुर्घटना पर्दा मतदान अधिकृत भएका छन् ।
डोटीको बडीकेदार गाउँपालिका ५ अत्तरकाँडामा जीप दुर्घटनामा पर्दा मतदान अधिकृत दिनेश सिं रैखोला घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सिलगढीबाट निर्वाचन सामाग्री र कर्मचारी बोकेर जिप बडिकेदार गाउँपालिका वडा नं ५ मार्कोट स्थित मतदान केन्द्र गइरहेका बेला ब्रेकफेल भएपछि दुर्घटना भएको हो ।
सो जिपमा कर्मचारी, सुरक्षाकर्मी लगायत ११ जनाको टोली सवार रहेको थियो । घाईते मतदान अधिकृत रैखलाको अवस्था सामान्य रहेको छ ।
