एसइइमा उत्कृष्ट अङक ल्याउने विद्यार्थीलाइ रोचक पुरस्कारको घोषणा

विष्णु प्रसाद आचार्य (चकित) गुल्मी/नबखबर

गुल्मीको सत्यवती गाउँपालिका स्थित सत्यवती माविका शिक्षक प्रकाश भट्टराइले सत्यवती गाउँपालिका भित्रका माध्यमिक विद्यालयहरुबाट एसइइमा अङग्रेजी विषयमा उत्कृट अङक ल्याउने विद्यार्थीलाइ पुरस्कारको घोषणा गर्नुभएको छ ।

सरस्वती माविका भुपु विद्यार्थी तथा शिक्षक भट्टराइले उक्त विद्यालयको ६२ औँ वार्षिकोत्सवको अवसरमा आफ्नो योजना अनुसारको रकम दिएसँगै सत्यवती गाउँपालिका भित्र रहेका सामुदायिक माध्यमिक विद्यालयहरुबाट प्रत्येक वर्ष अङग्रेजी विषयमा उत्कृट अङक ल्याउने विद्यार्थीलाइ पुरस्कारको व्यवस्था गर्नको लागि पाँच हजार रुपैयाँको अक्षयकोषको घोषणा गर्नुभएको नबखबरलाइ जाकारी दिनुभयो ।

उहाँले प्रदान गर्नुभएको पाँच हजारको वार्षिक व्याजबाट आउने रकमबाट विद्यार्थीलाइ पुरस्कारको व्यवस्था गर्न लागेको र यसले विद्यार्थी वर्गमा प्रतिस्पर्धाको भावना बढ्ने साथै अङग्रेजी विषय अप्ठ्यारो लाग्ने विद्यार्थीलाइ प्रेरित गर्नको लागि यसो गरिएकोे भट्टराइको भनाइ छ । केही विद्यालयमा अक्षयकोष रकम हस्तान्तरण गरेपनि केही विद्यालयमा भने बाँकी रहेको उल्लेख गर्दै छिट्टै हस्तान्तरण गर्न आफू प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो । सत्यवतीमा जम्मा १२ वटा सामुदायिक माध्यमिक विद्यालयहरु रहेका छन ।

भट्टराइ आफू पनि सत्यवती माविका अङग्रेजी विषय शिक्षक सँगै सत्यवती गाउँपालिकाका अङग्रेजी विषय शिक्षकका सँयोजक तथा नेपाल शिक्षक संगठन सत्यवतीका अध्यक्ष समेत हुनुहुन्छ । उहाँले शिक्षणको क्रममा धेरै विद्यालयहरुमा अध्यापन समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय