देउवा, ओली र प्रचण्डलाई भोट नदिन डा. गोविन्द केसीको आह्वान

काठमाडौं । डा.गोविन्द केसीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आगामी निर्वाचनमा भोट नदिन मतदातासमक्ष आह्वान गर्नुभएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेतालाई भोट नदिन आग्रह गर्नुभएको हो।

शीर्ष नेताहरुले देश र जनतालाई धोका दिएको बताउँदै उहाँले शीर्ष नेताहरुले राजनीतिलाई भ्रष्टीकरण र अपराधीकरण गरेको आरोप लगाउनुभयो । शीर्ष नेताहरुले भ्रष्टाचार, अपराध, अक्षमता र तानाशाही प्रवृत्ति भएकालाई चुनावमा उम्मेदवार बनाएर इमान्दारिताको राजनीति गर्नेहरुलाई पाखा लगाएको पनि उहाँले उल्लेख गर्नुभयो ।

डा.केसीले पुरानै नेताहरुको हालिमुहालीका कारण देश विगत पाँच वर्षमा दशौँ वर्ष पछाडि धकेलिएको बताउँदै आफ्नो प्रतिनिधि चयन गर्दा अघिल्लो नर्वाचनमा जस्तो गल्ती नगर्न पनि मतदातालाई आग्रह गर्नुभयो। सबै पार्टीमा राम्रो नेताहरु पनि भएकाले राम्रो नेतालाई मात्रै छानेर भोट दिन उहाँले आग्रह गर्नुभयो।

नेपाली जनताहरु नेतृत्वबाट ठगिएका बताउँदै डा. केसीले नेपालमा भ्रष्टाचार र लुटतन्त्र संस्थागत भएर चरम सीमामा पुगेका कारण आर्थिक प्रगति हुन नसकेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय