चुनावमा कति दिन हुन्छन् विद्यालय बन्द ?

काठमाडौं । मंसिर ४ को निर्वाचनलाई लक्षित गर्दै गृहमन्त्रालयले सार्वजनिक बिदासम्बन्धि निर्णय गरेको छ ।

मन्त्रालयद्वारा मंगलबार जारी सूचनाअनुसार मंसिर २ देखि ५ गतेसम्म मतदानस्थल रहेका विद्यालयहरूमा बिदा दिइएको छ । साथै मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं । निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने बताएको छ ।

आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनु भन्दा ४८ घण्टा अघि निर्वाचन प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न नपाउने उल्लेख गरेको भन्दै आसन्न निर्वाचनका उम्मेदवार र कार्यकर्ताहरुलाई यस बारेमा पुनः सचेत गराएको हो ।

आज मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान अघिका ४८ घण्टामा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि कार्यक्रम गर्न नपाउने बताउनुभयो ।

उहाँले विगतमा आयोगले मौन अवधि तोक्ने गरेको तर यस वर्ष भने मौन अवधि नरहेकाले र यस समयलाई स्थिर समयको रुपमा प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले आगामी मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरु निषेध हुने बताउनुभयो । उहाँले कुनै पनि प्रकारको निर्वाचन सम्बन्धी प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही गर्ने चेतावनी दिनुभयो ।

प्रतिनिधि र प्रदेश सभाको निर्वाचन आसन्न मंसिर ४ गते एकै चरणमा हुँदैछ । आयोगले निर्वाचनका लागि आफ्नो तयारी अन्तिम चरणमा पुगेको समेत बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय