भूकम्प प्रभावित क्षेत्र डोटीमा राहत र उद्दारमा खटिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डोटीको भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन निर्देशन दिएका छन् ।

उनले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन र घाइतेहरुको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परि मृत्यु हुनेहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

बुधबार बिहान २ बजेर १२ मिनेटमा डोटी केन्द्रविन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी डोटीको पुर्बिचौकी गाउँपालिका-३ गैरागाउमा ६ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस् – कैलाली । डोटीमा भूकम्पमा परी ज्यान गुमाउने सबैकाे सनाखत भएकाे छ ।

बुधबार बिहान २ बजेर १२ मिनेटमा डोटी केन्द्रविन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी डोटीको पुर्बिचौकी गाउँपालिका- ३ गैरागाउमा ६ जनाको मृत्यु भएको छ । भूकम्पले घर भत्किएर मृत्यु भएका ६ जनाकै सनाखत भएको डाेटी प्रहरीले जनाएकाे छ।

मृत्यु हुनेमा डोटी पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता बोहरा‚ ८ वर्षीय हर्क बोहरा‚ १४ वर्षीया धन्सरी बोहरा र १४ वर्षीया तुलछी बोहरा रहेका छन् ।
अन्य ६ जना घाइते भएका छन। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

२ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज (खप्तड बाबाको आश्रम) केन्द्रबिन्दु बनाएर ६.६ रेक्टरको भूकम्प गएको थियाे । पश्चिम नेपालका अधिकांश ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।

यसअघि मंगलबार राति ९ बजेर ७ मिनेटमा दीपायल केन्द्र विन्दु बनाएर ५.७ रेक्टरको भूकम्प गएको थियो । गैरागाउँमा करिब १० घर भत्किएको र पटकपटक पराकम्प गएपछि स्थानीय त्रसित छन् । उनीहरूले चिसोमा खुला आकाशमुनि रात बिताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय