चुनावको मुखमा नेकपा एसलाई लाग्यो ठुलो झड्का !

काठमाडौं । जुम्लामा माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटीले नेकपा एमालेमा समाहित भएको घोषणा गरेको छ ।

जुम्लाका नेकपा एमाले अध्यक्ष शान्तिलाल महत र एकीकृत समाजवादीका अध्यक्ष आदिप्रसाद न्यौपानेले ७ बुँदे सहमति गर्दै नेकपा एसको जिल्ला कमिटी एमालेमा विलय भएको घोषणा गरेका हुन् । एकीकृत समाजवादीका इन्चार्ज देवीलाल थापा, अध्यक्ष आदिप्रसाद न्यौपाने, प्रदेश कमिटी सदस्यहरू र अधिकांश जिल्ला समिति सदस्यहरू नेकपा एमालेमा समाहित भएका हुन् । सामाजवादी निकट कर्मचारी र शिक्षक संगठन पनि एमालेमा एकीकृत भएका छन् ।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष आदिप्रसाद न्यौपानेले एकअर्काको आत्मसम्मान र भावनामा ठेस नपुग्ने गरी साझा उद्देश्य र समझदारीका साथ एमालेको संगठन निर्माणको अभियानमा जुट्ने निर्णयसहित नेकपा एमालेमा समाहित भएको जानकारी दिनुभयो ।

पछिल्लो समय निर्वाचित जनप्रतिनिधिबाहेक अधिकांश नेता र कार्यकर्ताहरू एमालेमा फर्किएको नेकपा एमाले जुम्लाले जनाएको छ ।

समाजवादीको उच्च तहको नेतृत्वमा रहेका नेतारकार्यकर्ताले विद्रोहको औचित्यमाथि प्रश्न उठाएर पार्टी एकताको बहस चलाएपछि बहुमत कार्यकर्ता एमालेमा फर्किन राजी भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय