करेन्ट लागेर एकको मृत्यु, १ जना घाईते

काठमाडौँ। । वीरगञ्जमा करेन्ट लागेर मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

वीरगञ्ज–परवानीपुर सडकखण्डमा चुडिएको विद्युतको तारले छुँदा ना ४६ प ५५४२ नम्बरको मोटरसाइकलमा सवार बहुदरमाई नगरपालिका–४ बहुअरी का ४५ वर्षीय नागेन्द्रप्रसाद यादवको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार घाईते वीरगञ्ज–३२ चोर्नीका १९ वर्षीय सिकेन्द्र प्रसाद यादव को वीरगञ्जस्थीत नारायणी अस्पतालमा उपचार जारी छ ।करेन्ट लागेर घाइते भएका दुवै जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा नागेन्द्रको बाटोमै मृत्यु भएको हो ।

यो पनि पढ्नुहोस् – काठमाडौं । जयनगर–कुर्था रेलमार्गमा आजदेखि तीन दिन यात्रुको सुविधाअनुसार अनटाइम्ली (निर्धारित सिफ्टभन्दा बाहेक) रेल सेवा सञ्चालन गरिने भएको छ ।

कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन जाने तीर्थालुहरूको सुविधालाई दृष्टिगत गरी नेपाल रेल्वे कम्पनीले कात्तिक २१, २२ र २३ गते यात्रुको सुविधाअनुसार बिनातालिका रेल सेवा सञ्चालन गरिने बताएको छ । नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले सूचना जारी गरी कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन जाने तीर्थालुको सुविधालाई ध्यानमा राखेर कात्तिक २१ देखि २३ गतेसम्म जयनगर–जनकपुरसम्म अनटाइम्ली सेवा सञ्चालन हुने जानकारी दिएको छ ।

कात्तिक पूर्णिमामा कमला नदीमा स्नान गर्न ठुलो संख्यामा नेपालका विभिन्न स्थानबाट तथा भारतीय शहरबाट समेत तीर्थालु आउँदा सो तीन दिन यात्रुको चाप बढ्न सक्ने भएकाले रेल सेवा अनटाइम्ली गरिएको प्रबन्ध सञ्चालक झाले बताउनुभयो ।

जयनगरबाट महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरबाट कुर्थासम्म ३५ किलोमिटरमा गत २०७८ चैत २० गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय