गुल्मी । गुल्मी २ कि प्रतिनिधि सभा सदस्यकी साझा उम्मेदवार रामकुमारी झाँक्रीलाई एमालेजन बाटै राहत मिलेको छ । उनलाई नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले खुलेर सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
आज नेपाल पत्रकार महासंघ जिल्ला शाखा कार्यालय गुल्मीमा उनले पत्रकार सम्मेलन मार्फत रामकुमारी झाँक्रीलाई निर्वाचनमा सहयोग गर्ने जानकारी गराएका हुन् । उनले भने “ मेरो एमाले प्रती कुनै गुनासो छैन तर एमाले उठाएको उम्मेदवार प्रती ठूलो गुनासो र आपत्ति छ , साथै गोकर्ण विष्ट तर्फ लक्षित गर्दै उनले थपे, आफ्नै पार्टीको प्रधानमन्त्रीलाई हटाउन सर्वोच्चमा जाने तर उहीँ पार्टीमा बसेर टिकट लिने र चुनाव लडने विष्टको नैतिक पतन भएको आरोप समेत लगाए ´´ । तत्कालीन नेकपा हुँदै एमाले पार्टी विभाजनमा गोकर्ण विष्टको हात रहेको बताउदै उनले एक पटक जिल्लामा सम्पुर्ण कार्यकर्ता ,जनता समक्ष आत्मालोचना गर्नु पर्ने बताए ।
त्यस्तै यता एकीकृत समाजवादीकी सचीव समेत रहेकी रामकुमारी झाँक्रीलाई सम्मान गर्दै यस पटक उनलाई जिताउनु पर्ने धारणा व्यक्त गरेका छन् ।कुनै राजनीतिक परिवार,धन सम्पत्तिका कारण नभई एक आन्दोलनले जन्माएको निडर नेतृ रहेको बताउदै यस पटक उनलाई चुनाव जिताउनु आफ्नो दायित्व रहेको समेत प्रष्ट पारे ।
पार्टीले कारबाही गरे के गर्नु हुन्छ भन्ने ? सञ्चारकर्मीको जिज्ञासामा उनले ,कारबाही गरे भोग्न तयार रहेको र कारबाही गरे पनि कुनै राजनीतिक दलमा रहेको सक्रिय राजनीति गर्ने उल्लेख गरेका छन् । गौतम नेकपा एमालेका जिल्ला स्तरीय प्रभावशाली नेता हुन । २०३९ सालमा तत्कालीन नेकपा माले बाट राजनीतिक यात्रा सुरु गरेका गौतमले २०४९ सालमा पाल्पा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा सभापति पदमा निर्वाचित भएका थिए ।

गौतम गुल्मी २ बाट प्रतिनिधि सभा सदस्यको लागि यस पटक जिल्ला बाट सिफारिसमा समेत परेका थिए । – खबर मार्केट