मुसिकोट नगरपालिका द्वारा उत्कृष्ट २० कृषि उद्दमी छनोट

महेन्द्र घिमिरे,गुल्मी/नबखबर

मुसिकोट नगरपालिका अन्तर्गत कृषि पशुपालन र पर्यटनको क्षेत्रका उधम गरिरहेका कुल १२५ उधमी बाट विभिन्न चरणहरु पार गरि उत्कृष्ट २० मा पर्नुभएका मुसिकोट नगरपालिका भरीका उधमीहरुको सहभागीता रहेको छ। उधमीहरुको ब्यबसायलाई कसरी राम्रो सङ्ग अगाडि बढाउन सकिन्छ, उहांहरुको समस्या र त्यसको निराकरणमा यस तालिमले सहयोग पुर्याउने छ।

कार्यक्रममा बोल्दै प्रमुख अथिती नगर प्रमुख सोमनाथ सापकोटाले उत्कृष्ट उधमीलाई बधाई ज्ञापन गर्दै मुसिकोट नगरपालिकामा उधमी ब्यबसायीहरुलाइ नगरपालिकाले पुर्ण रुपमा सहयोग गरिरहेको र आगामी दिनमा अझ यस कार्यलाइ बढाउदै लैजाने बताउनु भयो।

कार्यक्रममा तालिम संयोजक अनिल बाबू पोखरेल, नगरप्रमुख सोमनाथ सापकोटा, उप प्रमुख कमला शर्मा, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, आर्थिक बिकास समिती सम्योजक प्रकाश, काफ्ले नेपाल पत्रकार महासघ गुल्मीका अध्यक्ष नबराज भुसाल,प्रशासन शाखा प्रमुख प्रकाश घिमिरे, वास सम्योजक सीता भुसाल, कृषि अधिकृत जनक पौडेल, पशुसेवा प्रमुख महेन्द्र पन्थी , लगायतको उपस्थिति रहेको कार्यक्रममा स्वागत तथा तालीमको उदेश्य बारे दायित्वका सुर्य रिजालले प्रकास पार्नु भएको थियो।
कार्यक्रमको सन्चालन महेन्द्र घिमिरेको रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय