दिवङ्गत दिदीभाइको सम्झनामा परिवारद्वारा झण्डै ११ लाखको अक्षयकोष स्थापना

गत भाद्र १२ गते बुटवल मोटरसाइकल दुर्घटनामा परि दिवङ्गत भएका १३ वर्षिय समिक्षा खराल र ७ वर्षिय सुप्रीम खरालको सम्झनामा अक्षयकोष स्थापना गरिएको छ ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी सेरा निवासी हजुरबुवा वेदप्रसाद खरालले महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयमा पाच लाख पाच सय पचपन्न, रुद्रावती बहुमुखि क्याम्पसमा पाच लाख पाच सय पचपन्न र जनज्योति प्राथमिक विद्यालयमा असी हजार पाच सय पचपन्न गरि जम्मा दश लाख एकासी हजार ६ सय पैसठ्ठी बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ ।

नविन खराल र श्रीमती कमला खरालका जम्मा २ सन्तान थिए दुबै सन्तान गत भाद्र महिनाको १२ गते बुटबलमा भएको मोटरसाइकलमा दुर्घटनामा परि ज्यान गुमाएका थिए ।
ज्यान गुमाएका दुबै दिदीभाइका हजुरबुवा बेदप्रसाद खरालले महेन्द्र आदर्श नमुना मा वि, रुद्रावति बहुमुखि क्यापसमा बुधबार र जनज्योति प्रा बि मा बिहिबार अक्षयकोष स्थपनाका लागि चेक उपलब्ध गराउनुभएको थियो ।
खराल परिवारले यस क्षेत्रको शैक्षिक गुणस्तर वृद्दिका लागि आफ्नो सानो सहयोगले ठुलो भुमिका खेल्ने अपेक्षा गरेको छ । अक्षयकोषको ब्याजबाट प्राप्त रकमले विद्यालयले विद्यालयको शैक्षिक गुणस्तरमा रकम खर्च गर्नेछन ।

बिहिबार जनज्योति प्राबिमा रकम हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलाराम खरेलको अध्यक्षता, वडानम्बर ७ का वडा सदस्य लक्ष्मण प्रसाद खरालको प्रमुख आतिथ्यता रहेको थियो ।

विद्यालयले दुखद क्षणमा पनि सामाजिक भावनाले शैक्षिक सस्थालाइ सहयोग गर्दै अक्षयकोष स्थापना गर्ने खराल परिवारलाइ धन्यवाद दिएको थियो ।

कार्यक्रममा समाजसेवि पण्डित शालिकराम सापकोटा, प्रधानाध्यापक सुमित्रा भण्डारी र वडासदस्य लक्ष्मण प्रसाद खरालले आफ्ना भनाइहरु राख्नुभएको थियो भने सन्चालन शिक्षक विष्णुप्रसाद आचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय