गठबंधनका भातृ संगठनद्वारा पालिका स्तरीय युवा विद्यार्थी भेला सम्पन्न

गुल्मी । गुल्मीमा गठबंधनका भातृ संगठनद्वारा पालिका स्तरीय युवा विद्यार्थी भेला सम्पन्न भएको छ।

सदरमुकाम तम्घासमा नेपाली कांग्रेस ,नेकपा माओवादी र नेकपा एकीकृत समाजबादीका भातृ सङगठनका नेता कार्यकर्ताको उल्लेखनीय उपस्थितिमा कार्यक्रम गरिएको हो।

भेलाबाट प्रत्येक वार्डमा प्रतिनिधि खटाएर कार्यक्रम अगाडि बढाइएको छ। नेपाली कांग्रेस गुल्मीका सभापति एवं रेसुङ्गा नगरपालिकाका प्रमुख खिल्ध्वज पन्थीको प्रमुख आतिथ्यता रहेको थियो।

तरुण दल अध्यक्ष भरत भलामीको अध्यतामा र नेविसंघ सभापति झबिन्द्र पाण्डेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय