खुसिको खबर,लुम्बिनी प्रादेशिक अस्पतालमा आँखाको उपचार सुरु

लुम्बिनी प्रादेशिक अस्पतालमा आँखा परिक्षण तथा उपचार सेवा पनि सुरु भएको छ।अस्पतालमा आँखा रोग विभाग स्थापना भएपछि सोमबारबाट आखाँको उपचार पनि सुरु भएको हो। तत्काल आखाँको लागि ओपिडीको सेवा मात्र हुने अस्पताल विकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईले बताए।

‘अहिले ओपिडीमा हुने सेवा हुन्छ। बिरामीको अवस्था हेरेर पछि अपरेसन लगायतका अरु सेवा पनि थप्ने छौं’-उनले भने।आँखा रोग विभागमा प्रदेश सरकारको तर्फबाट एउटा दरबन्दी उपलब्ध गराइएको छ। हाल एक जना आँखाका चिकित्सक रहने छन्।

आँखा रोग विभाग भएपछि अस्पतालमा उपचार गराइरहेका रक्तचाप, मधुमेहका बिरामीलाई पनि सहज हुने प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्ट डा. राजेन्द्र खनालले बताए।

‘रक्तचाप, सुगर भएका अस्पतालबाटै अरु रिफर भएका केशमा पनि आँखाको परिक्षण गर्नुपर्ने हुन्छ। त्यसको लागि बाहिर पठाउन परेन।’-उनले भने-‘पछि अरु सेवाहरु विस्तार गर्दै जान्छौं।’ आखाँ सेवा प्राय: सरकारी अस्पतालमा थिएन। यसको लागि छुट्टै अस्पताल रहेका छन्।प्रादेशिक अस्पतालमा नयाँ काम सुरु गर्न खोजेको डा. खनालले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय