मुसिकोटमा देउसीभैलोबाट उठेको रकमबाट विद्यालयमा अक्षयकोष खडा

गुल्मी-आपचौर युवा समाज गुल्मीद्वारा खेलिएको देउसीभैलो कार्यक्रमबाट उठेको केहि रकम विद्यालयमा अक्षयकोष खडा गरिएको छ ।

देउसीभैलो खेलेर उठेको २ लाखभन्दा बढि रकम मध्येबाट मुसिकोट नगरपालिका ५ आपचौरस्थित दुर्गाभवन माध्यमिक विद्यालयमा एकाउन्न हजार एक सय एकाउन्न बराबरको अक्षयकोष खडा गरिएको छ । अक्षयकोषको ब्याज रकमबाट प्राप्त हुने रकमले उक्त विद्यालयबाट एस इ इ मा उत्कृष्ट हुने २ जनालाइ रकम प्रदान गर्ने गरि कोष स्थापना गरिएको देउसी भैलो सम्योजक सन्दिप जिसीले बताउनुभयो ।

आपचौरमा रहेका सबै क्लवको सामुहिक प्रयासमा एकताबद्द भएर उक्त कार्यक्रम गरिएको आर्थिक सह -सम्योजक गोकर्णराज खरेलले बताउनुभयो ।

सानासाना समुह बनाएर देउसीभैलो खेल्ने र उठेको रकम सदुपयोग नहुनेजस्तो समस्या आउने भएकोले यसरी क्लवको सकृयतामा सामाजिक काम गर्न पाउदा आफुहरु खुसी भएको र यो आउदो पुस्तालाइ पनि सन्देस हुने भएकोले यसो गरिएको कार्यक्रम सन्चालक तथा आर्थिक सम्योजक सुमन खरेलले बताउनुभयो ।

प्रत्येक वर्ष पुरस्कार वितरण हुने भएपछि विद्यालयका विद्यार्थीमा पनि प्रतिस्पर्धाको भावना बढेर शैक्षिक उपलब्धि बढ्ने भन्दै भैलो समुहलाइ विद्यालयले आभार प्रकट गरेको छ ।
देउसीभैलो कार्यक्रममा सहयोग गर्ने सबैलाइ भैलो समुहले आभार पकट गरेको र विशेष सहयोग गर्ने ।  चन्द्र खरेल,राजेश गुरुङ,गणेश थापा,राजन गुरुङ,बिरबल गुरुङ लगायतलाइ उच्च सम्मान गर्न चाहेको युवा समाजले जनाएको छ ।

देउसीभैलोलाई सभ्य, भव्यताका साथ सम्पन्न गर्नको निम्ति नवीन खरेल , रामु बि सी,ओम सेन्चुरी,होम सुनार,रबि भट्टराइ,रबि गुरुङ,रेशम गुरुङ,यादब गैरे, सोभा बि क,दुर्गा काफ्ले प्रेम खरेल,मन्जुसा खरेल,पुनम खरेल सुदिप खरेल लगायत अन्य उपस्थित सम्पुर्ण आपचौरबासी युवा महिला दिदीबहिनीहरुको सकृय सहभागिता रहेको र अहोरात्र खटेको क्लवले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय