सन्दीपविरुद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै, १२ वर्षसम्म कैद सजाय माग

काठमाडौं । नाबालिगमाथि ब,लात्का*रको आ,रोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरु-द्धको मुद्दा सोमबार(आज) जिल्ला अदालत काठमाडौंमा दर्ता गरिने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी वृत्त गौशालाको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । प्रहरी प्रतिवेदनमा नाबालिग ब-लात्का,रसम्बन्धी कानुनअनुसार १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

मुलुकी अपराध संहिता, २०७४ मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलाको जब-रजस्ती क,रणी गर्ने व्यक्तिलाई परिस्थिति हेरेर १० देखि १२ वर्षसम्मको कैद हुने व्यवस्था छ । यसबाहेक पीडितलाई उचित क्षतिपूर्तिको माग पनि गरिएको छ ।

प्रहरीले लामिछानेविरुद्ध होटेलका सिसिटिभी फुटेज, बयान, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेस गरेको छ।

मुद्दा दर्ता भएपछि अदालतमा सन्दीपको बयान सुरु हुनेछ । त्यसपछि थुनछेक बहस हुनेछ । अदालतले उनलाई तारेखमा छाड्ने वा पुर्पक्षका लागि जेल पठाउने भन्नेबारे आदेश दिनेछ । यो प्रक्रिया आउँदो मंगलबारसम्म सकिने बताइएको छ ।

एक नाबालिगले आफूमाथि बला-त्कार गरेको आरो.प लगाउँदै उनीविरुद्ध गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीमा सन्दीपले भदौ ५ गते राति पिंगलास्थानको ‘होटेल काठमाडौं इन’मा लगेर बला-त्कार गरेको उल्लेख छ । सन्दीप गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प-क्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय