मनकामना जाँदै गरेको बस नवलपरासीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट गोरखाको मनकामनाका लागि छुटेको ना६ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा २५ जना घाइते भएका छन् ।

पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ४ बजे भएको दुर्घटनाका घाइतेहरूलाई उद्धार गरी चितवन लिने तयारी भइरहेको छ । बस सडकबाट झण्डै एक सय मिटर तल खसेको प्रहरीले बताएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू/भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी प्रदेशमा राति पनि मौसममा आंशिक बदली रहने भएको छ ।

सोमबार पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू/भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय