५० युनिटसम्म बिजुली नि:शुल्क, सरकारी कागजपत्रको होम डेलिभरी: कांग्रेसको संकल्प

काठमाडौं । नेपाली कांग्रेसले आगामी एक दशकमा नेपाललाई उद्यम-अनुकूल, मध्यम आय भएको समन्यायिक मुलुक बनाउने घोषणा गरेको छ ।

४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि शनिबार घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले एक दशकभित्र चरम गरिबी एक अङ्कमा सीमित गर्ने संकल्प गरेको छ । कांग्रेसले अर्थतन्त्रमा अहिले देखिएका चुनौती समाधान गर्ने र दिगो रुपमा देशलाई समुन्नत बनाउने कार्ययोजनासमेत घोषणापत्रमा प्रस्तुत गरेको छ ।

कांग्रेसको घोषणापत्रमा ५० युनिटसम्म खपत गर्नेलाई बिजुली निःशुल्क दिनेदेखि नागरिकका महत्वपूर्ण दस्तावेज ‘होम डेलिभरी’ गर्नेसम्मका योजना समावेश छन् ।

कांग्रेसले अर्थतन्त्रमा रेमिट्यान्सको योगदान २३ प्रतिशतबाट १०-१२ प्रतिशतमा झार्ने प्रतिवद्धता पनि गरेको छ । त्यसका लागि स्वदेशमै सम्मानजनक रोजगारी र उद्यममैत्री वातावरण बनाउने प्रतिज्ञा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय