कांग्रेसको घोषणा : वृद्धभत्ता ६५ वर्षमै

काठमाडौं । नेपाली कांग्रेसले ज्येष्ठ नागरिक भत्ता ६५ वर्षमै दिने घोषणा गरेको छ । शनिबार सार्वजनिक घोषणापत्रमा वृद्धभत्ता दिने उमेर क्रमश: ६५ वर्षमा झार्ने उल्लेख गरिएको छ ।

कांग्रेस नेतृत्वको वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटदेखि ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिँदै आएको छ । तर कांग्रेसले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि सार्वजनिक गरेको घोषणापत्रमा ६८ वर्ष गेकालाई दिइने ज्येष्ठ नागरिक भत्ता क्रमश: ६५ वर्षमा झारिने उल्लेख गरिएको छ ।

कांग्रेसले ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको छ । त्यस्तै ७३ वर्ष पुगेकाहरुको उपचार निशुल्क गर्ने घोषणा पनि गरेको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि एक करोड १८ लाख प्रतिनिधिसभातर्फ ९८ हजार र प्रदेशसभातर्फ एक करोड १७ लाख ८२ हजार ५०० मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार छपाइ भएका मतपत्रमध्ये कात्तिक १३ गते सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी हुनेछ । प्रतिनिधिसभाका लागि एक सय ६५ र प्रदेशसभाका लागि तीन सय ३० निर्वाचन क्षेत्र छन् । उक्त निर्वाचन आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा हुँदैछ ।

आगामी निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता कायम छन् । आगामी निर्वाचनबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ एक सय १० र प्रदेशसभाको समानुपातिकतर्फ दुई सय २० सदस्य निर्वाचित हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय