सत्ता गठबन्धनले अंश–अंश गरेर देश बेच्छन : केपी ओली

ललितपुर,। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धन सत्ता स्वार्थका लागि देश पनि बेच्न तयार रहेको बताउनु भएको छ । 

तिहारका अवसरमा एमाले ललितपुरले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सत्ताका लागि अंश अंश गरेर देश बेच्न सत्तारुढ गठबन्धन तयार रहेको बताउनु भएको हो ।

‘सत्ता स्वार्थका लागि यिनीहरू देशपनि बेच्न तयार हुन्छन । यिनीहरूको कुरा किन गर्ने ?, अध्यक्ष ओलीले भन्नुभयो, ‘सिङ्गै देश ढ्वाक्कै लगेर भण्टा, टमाटर सिमी बेचेजस्तो तराजुमा लगेर बेच्न नसक्लान तर, अंश अंश गरेर देश बेच्छन ।’ सत्ता गठबन्धनले हिस्सा, अंश, हित र स्वाभिमान अंश अंश बेच्दा एक दिन देश नै बेचिसक्ने उहाँको भनाई छ ।

‘अलिकति हिस्सा बेच्छन, अलिकति अंश बेच्छन, अलिकति हित बेच्छन, अलिकति तल पार्छन । स्वाधीनता बेच्छन, स्वाभिमान बेच्छन । सार्वभौमसत्ता बेच्छन । अंश अंश गरेर बेच्छन,’ अध्यक्ष ओलीको भन्नुभयो ।

 उहाँले सरकार र सत्ता गठबन्धन धाँधली गरेर निर्वाचन जित्ने षडयन्त्रमा लागेको खुलासा पनि ओलीले गर्नुभयो ।

जनताको सार्वभौम मताधिकार त्यसलाई खोस्ने, भोट खसाउन नदिने, प्रकारका षडयन्त्र प्रपञ्च गरिरहेका छन । पैसाको खोलो बगाएका छन, राज्य संयन्त्रको दुरुपयोग गर्ने त्यस कुकर्ममा यिनीहरू लागिरहेका छन,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय