ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

कैलाली ।दार्चुलामा शनिबार साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार सदरमुकाम खलंगाबाट शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर गइरहेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । अन्य दुई जना घाइते भएका छन् ।

सुप प्र.२००१ त १४६७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा शैल्यशिखर नगरपालिका–६ का २३ वर्षीय सन्तोष डाँगाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए। 

र कञ्चनपुरका कञ्जु रानाको मृत्यु भएको हो । उनी चालक हुन् । ट्याक्टर सडकबाट ४० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय