पोर्चुगलमा नेपाली राजदुतावास आवश्यक कि फगत बहस ?

योगेन्द्र खरेल/पोर्चुगल/नबखबर

बेला बेला निकै जोडबलका साथ बहसउठ्ने र जसरी उठ्यो त्यसरी नै सेलाउने मुद्दा हो पोर्चुगलमा नेपाली राजदुतावास । पहिले देखीनै केही अभियान्ताहरु पोर्चुगलमा नेपाली राजदुतावास को बिषयमा निकै चर्को रुपमा स्वर उठाउनु भयो । आफुसके पहल र प्रयास गर्नुभयो । तर यो अभियान अहिले आएर बिस्तारै हराउदै गईरहेको हो कि जस्तो देखिन्छ । सायद हामी पोर्चुगलमा रहेका सम्पुर्ण नेपालीहरुको साथ सहयोगको कमी तथा सम्बन्धि निकाएहरुको उदासीनता नै होला उक्त अभियान कमजोर हुनुको मुख्य कारण ।

केही साथीहरुले राजनीति खिचातानीलाई दोष दिएको पाईन्छ त केही साथीहरुले ठुलावडाहरुलाई दोष दिएको पाईन्छ, यो अभियान कमजोर हुनुमा । आम नागरिकको आखाँले हेर्दा पोर्चुगलमा नेपाली राजदुतावास स्थापना हुदा हामी सबैलाई फाईदा नै हुन्छ । तर कसलाई के घाटा हुन्छ होला र उदासीनता देखियोे होला राजदुतावास ल्याउने कुरामा नेपाल सरकारलाई अनुरोध गर्न र दबाब दिनमा । यो कुरा अन्योल नै छ अहिलेसम्म ।

पोर्चुगलमा विभिन्न सङ्घसस्थाहरु गठन गर्दा देखिने राजनीतिक सिनारियोहरु हेर्दा पक्कै पनि खुङखार नेपाली राजनीतिक कर्मिहरु छन पोर्चुगलमा ।सबै प्रकारका सङ्घसस्थाहरुमा चरम राजनितिकरण स्पष्ट देख्न सकिन्छ । अरु त अरु प्रत्रकारहरु पनि राजनीति मै ब्यस्त भएको देखिन्छ । राजनीतिकदलको माला भिरेको पत्रकारले कसरी सत्यतथ्य समाचार सम्प्रेषण गर्ला यो गहन छलफलको बिषय हुनुपर्दछ ।

यहाँ सन्चालित प्रायःजसो अनलाइन न्युजहरु राजनीति अभिष्टता पूरा हुने गरि समाचार बनाउने । बिभिन्न ब्यक्तिहरुका लडाइँ हरुको प्रदाफास गर्ने र बचाउ गर्ने कुरामा व्यस्त भएको देखिन्छ । एउटा पत्रकारले लेखेको समाचारमा अर्को पत्रकारले आपत्ति जनाउने स्थिति आउनु कस्तोे पत्रकारिता होला?  प्रदेशमा रहेका आम नागरिकहरुकाहरुलाई सत्य तथ्य सुचना दिने कार्यबाट पत्रकारिता चुक्नु किमार्थ राम्रो होईन ।

यहाँ रहेका पत्रकारहरुले पोर्चुगलमा रहेका आम नेपालीहरुको चासो र सरोकारका बिषयहरुलाई गम्भीर रुपमा उठाउने , सम्बन्धित निकायहरुलाई घचघच्याउने प्रयास गर्नुपर्ने देखिन्छ । आवश्यक कुराको उठान गर्ने र सम्बन्धित निकायलाई समाधान गर्न बाध्य बनाउने हाम्रो दायित्व हो । तर हामी राजदुतावास जस्तो महत्त्वपूर्ण बिषयलाई गौण मान्यौ फलस्वरूप यहाँ रहेका नेपालीहरुले अनेकौ समस्याहरु सङ्ग जुघ्न बाध्य भईरहनु पर्यो ।

त्यसैले प्रत्येक पत्रकारहरुले पोर्चुगलमा नेपाली राजदुतावास नहुदा नेपालीहरुले भोग्नुपरेको दुखपिडा र नेपाली राजदुतावास हुदा हुनसक्ने फाईदाहरुको बिषयलाई लिएर गम्भीरतापूर्वक नेपाल सरकार र सम्बन्धि निकायलाई अनुरोध ,दबाब र खबरदारी गर्न सक्नुपर्दछ । सुचना तथा जानकारि सम्प्रेषण सङ्गै प्रभावित हुने समुदायलाइ थप ससक्त बनाउने तथा निर्यणगर्ने निकायलाई थप जिम्मेवार बनाउने कुराले नै यो अभियाले सार्थकता पाउन सक्नेछ अन्यथा हात्ती आयो हात्ती आयो फुस्सा मात्र हुनेछ ।

हो हामी राजनीतिक प्राणि हौ , हाम्रा आफ्ना आफ्ना राजनीतिक बिचारहरु छन त्यसलाई अन्यथा लिनु हुदैन तर जुन सार्वजनिक सरोकारका बिषयहरु छन ती बिषयहरुमा समेत राजनीति गर्न थालियो भने हामी किमार्थ सचेत राजनीतिक व्यक्ति बन्न सकिँदैन । अब त यसमा पनि ध्यान दिने कि ।

पोर्चुगलमा बसोबास गर्ने समग्र नेपालीहरुको हितको बिषय हो नेपाली राजदुतावास स्थापना हुनु । यसले हाम्रा विभिन्न कागजि प्रक्रियाहरु सहज हुने मात्र होइन , दुई देशबिचको सम्बन्ध सुमधुर बनाउन थप मद्दत गर्दछ । पोर्चुगिज नागरिक तथा यहाँ रहेका नेपाली नागरिकहरु बिच आपसि भाईचारा स्थापना गर्नमा टेवा पुर्याउछ ।

विशेषगरी यहाको हावा पानी र यहाँ को मुख्य आयस्रोत नेपाल सङ्ग मिल्दोजुल्दो भएकाले पनि दुई देश बिचको सम्बन्धले नेपाल र पोर्चुगल दुबैले लाभ लिन सक्ने देखिन्छ । जब यहाँ नेपाली राजदुतावास स्थापना हुन्छ तब शुरु हुने पोर्चुगल र नेपालको आपसि सम्बन्धले आगामि मित्रता सहकार्य र सहयोग आदानप्रदान को बाट खुल्दछ ।

यदी पोर्चुगलमा रहेका नेपालीहरुको सहजताका लागि मात्र राजदुतावासको आवश्यकता छ भन्यौ भने यो फगत हुने छ । तर यसले नेपाल ले लिनसक्ने दिर्घकालिन फाईदाहरुका बिषयमा बहस गर्यौ भने यो निकै आवश्यक छ । पोर्चुगलको मुख्य आम्दानीको स्रोत भनेको पर्यटन र कृषि नै हो । र नेपाल पनि कृषि र पर्यटन क्षेत्रमा प्रचुर सम्भावना बोकेको देश भएकाले यदि पोर्चुगल सङ्ग सुमधुर सम्बन्ध स्थापना गर्न सक्यौ भने, कृषि क्षेत्रमा ज्ञानसिप, बिधिप्रबिधिहरुको आदानप्रदान गरि नेपाल ले निकै ठुलो फाईदा लिन सक्दछ । भौगोलिक बिबिधताले भरिपुर्ण नेपालले कृषिको माध्यम बाट आफ्नोे भौगोलिक बिबिधता बिश्वब्यापी बनाउन सकेमा नेपाल कृषि प्रयोगशालको रुपमा विकसित हुने प्रबल सम्भाबना रहन्छ । जसको ईन्ट्रि प्वाइन्टको रुपमा पोर्चुगललाई लिन सकिन्छ ।

आप्रवासीहरु प्रति उदार रहेको देशहरुबाट नै हामिले यी र यस्तै फाईदाहरु लिन सकिन्छ ।
पोर्चुगलमा युरोपेली र गैह्रयुरोपेली धेरै सङ्ख्यामा हेरक बर्ष पर्यटकहरुको आगमन हुनेगर्दछ । ती पर्यटकहरुलाइ विभिन्न प्याकेज हरु बनाई यहाँको सरकार सङ्गको सहकार्यता मा नेपाल सम्म पुर्याउने अर्को ठुलो सम्भावना रहन सक्दछ ।नेपालमा रहेको भौगोलिक बिबिधता, प्राकृति सौन्दर्यताको सहि तरिकाले प्रचारप्रसार गर्न सक्यौ भने मन नलोभिने को नै हुन सक्ला र रु कम बजेट भएपनि सहज भ्रमण गर्न सक्ने बाताबरण निर्माण गर्न सकेमा, पोर्चुगल भ्रमणमा आएका पर्यटकहरु एकपटक अवस्य नेपाल पुग्ने नै छन । यसले देशको अर्थतन्त्र मजबुत बनाउन निकै मद्दत पुग्ने छ ।

त्यति मात्र होईन , कम लगानि मै व्यावसाय गर्न सहज भएको यो मुलुकमा नेपाली व्यावसायिहरुलाई समेत पोर्चुगलमा तान्न सक्यौ भने नेपाली उत्पादन यहाको बाटो हुँदै बिश्वबजार सम्म पुर्याउन सकिने प्रचुर सम्भावना देखिन्छ । जसले गर्दा नेपालको आयात र निर्यात बिचको खाडल पुर्न सहज हुनेछ । यसरी नेपाली राजदुतावास यहाँ स्थापना हुदा यहाँ रहेका आम नेपाली नागरिकहरुले मात्र होईन , स्वयम् नेपाल देशले पनि सम्बन्ध सुमधुर बनाउदै धेरै ठुलो लाभ लिनसक्ने सम्भावना प्रवल छ, त्यसैले नेपाली राजदुतावासको निकै ठुलो आवश्यकता र महत्त्व छ ।

आजै देखि होइन भर्खरैदेखि हामी सबै पोर्चुगलमा रहेका नेपाली सङ्घसस्थाहरु, राजनीतिक दलका भातृसङ्गठनहरु, पत्रकार र समग्र आम नेपाली नागरिकहरु लागि परौ । यो हामि सबैको हितमा छ भन्नेकुरालाई नजरअन्दाज नगरौ । यसलाई ठुलो अभियानको रुपमा अगाडि बढाऔ।

नेपाली राजदुतावास स्थापना हुदा नेपालले लिनसक्ने फाइदाहरुका क्षेत्रको सूचितयार पारौ, यसलाई सफल बनाउन हामी सबैले यथासक्य सहयोग गर्ने प्रतिबद्धता सहित सम्पुर्ण यहाँ रहेका नेपालीहरुको हस्ताक्षर नेपाल सकारलाई बुझाउ, अनुरोध गरौ, दबाब दिउ। नेपालमा रहेका सञ्चारमाध्यहरु, विभिन्न सङ्घसस्थाहरु, राजनिती दलहरुलाई यो अभियानमा सहयोगका लागि अपिल गरौै अनि मात्र सम्भब हुने छ । नेपाली राजदुतावास पोर्चुगलमा स्थापना गर्न ।

यसले यहाँ रहेका नेपालीहरुमात्र होइन नेपाल मै रहेका नेपालीहरुको समेत सम्भावनाको ढोका खोल्ने छ ।

जय देश, जय नेपाल !!!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय