भगवती युवा क्लबको दोस्रो वार्षिक उत्सव तथा खेलकुद कार्यक्रम भव्यताका साथ शुरू

गुल्मी,  कातिक ४ । श्री भगवती युवा क्लवको दोस्रो वार्षिक उत्सव भव्यताका साथ सुरु भएको छ । धुर्कोट गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष श्री पदम विष्ट ज्यूले कार्यक्रमको समुद्घाटन गर्नु भएको हो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष विष्टले क्लबले सामाजिक क्षेत्रमा सराहनिय काम गर्दै समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै क्लबको दोस्रो वार्षिक उत्सव सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
अग्रजको सम्मान,युवाहरुको ज्ञान, सभ्य समाजको पहिचान, भगवती युवा क्लबको अभियान, भन्ने मूल नाराका साथ २०७७ सालमा स्थापना भएको क्लबले क्लबको दोस्रो वार्षिक उत्सव, विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, साविक वडा स्तरीय महिला भलिबल प्रतियोगिता,घैंटो फोर,कुर्सी दौड तथा विविध सांस्कृतिक कार्यक्रम २०७९ कार्तिक ५ र ६ गते पनि सञ्चालन गर्दैछ । खेलकुद कार्यक्रम अन्तर्गत पुरुष भलिबलमा १६ टिमको र महिला भलिबलमा ३ टीमको सहभागिता रहेको छ । पहिलो दिनको महिला खेल अन्तर्गत आयोजक (भगवती युवा क्लब) र निन्युखर्क बिच प्रतिस्पर्धा भएको थियो । जुन आयोजक (भगवती युवा क्लब) ले आफ्नो पक्षमा पार्न सफल भएको छ । बाँकी खेलका कार्यक्रम भोलि कार्तिक ५ गते ८ बजे देखि सुरु हुने क्लबका सचिव सरोज खत्रीले जानकारी दिनुभएको छ।
४,५ गते खेलकुद कार्यक्रम र ६ गते फाइनल खेल,सांस्कृतिक कार्यक्रम तथा समापन हुने आयोजक भगवती युवा क्लबले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय