वरिष्ठ कलाकार रामचन्द्र अधिकारी ‘काजी साप’ अस्पताल भर्ना

काठमाडौं । वरिष्ठ कलाकार रामचन्द्र अधिकारी ‘काजी साप’ अस्पताल भर्ना भएका छन् ।

निमोनियाको समस्याका कारण स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई परिवारले केही दिन अगाडि चाबहिलको मेडिकेयर अस्पतालको आइसीयूमा भर्ना गराएका हुन् । ६८ वर्षका कलाकार अधिकारीको स्वास्थ्यमा केही सुधार भएका कारण सोमबार आइसीयुबाट साधारण वाडमा सारिएको छ ।

उनलाई अझै केही दिन अस्पतालमै राख्नुपर्ने चिकित्सकले जनाएको हास्य कलाकार गोपाल ढकाल छन्देले बताए । फिल्म तथा सानोपर्दाका चलचित्रको अलावा म्युजिक भिडियो समेत थुप्रै अभिनय गरेका अधिकारी पछिल्लो समय सानोपर्दाका सिरियलमा काजी सापको भूमिकाबाट चर्चित छन् ।

उनी हरेक नेपाली भाषीको मनमा बसेका कलाकार हुन् । साधारण जीवनशैली उत्कृष्ट अभिनयका कारण उनी चर्चाको शिखरमा छन् । उनको अभिनय जीवन्त हुने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय