जनताको विश्वास टुट्न दिने छैन : रामकुमारी झाँक्री

गुल्मी । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव एवम् गुल्मी क्षेत्र नम्बर -२ मा गठबन्धनकाे साझा उम्मेदवार रामकुमारी झाँक्रीले आफुले जनताको विश्वास टुट्न नदिने बताएकी छिन् ।

शनिबार मालिका गाउँपालिकाकाे संयुक्त गठबन्धनकाे चुनावी बैठकलाई सम्बाेधन गर्दै नेतृ झाँक्रीले निर्वाचनपछिका पाँच बर्ष जनमतकाे सम्मान गरेर काम गर्ने बताइन् । `हामीसँग जनताका थुप्रै आशा र विकासका एजेण्डा छन्, निर्वाचनपछि सबै पूरा गर्छाै ।´ नेतृ झाँक्रीले भनिन्, `त्यसका लागि मंसिर -४ सम्म सक्रियताका साथ गठबन्धनकाे पक्षमा प्रचार गर्नु आवश्यक छ ।´

अर्काे प्रसङ्गमा नेतृ झाँक्रीले यस क्षेत्रमा गाेकर्ण विष्टले २५ बर्षसम्म शासन गरेपनि विकासकाे अवस्था भने धेरै पछाडि रहेकाेले अब विकास परिवर्तन गर्नकाे लागि नेतृत्व परिवर्तन आवश्यक रहेकाे बताइन् ।

मालिका लगायतका क्षेत्रमा हावा लाग्दा बत्ती जाने, टेलिकमकाे टावरले काम नगर्ने, एक पटक पानी आए सडक बिग्रने लगायतका समस्या रहेकाेले त्यस्ता समस्या न्यूनिकरणकाे लागि आफ्नो जित आवश्यक रहेकाे बताइन् । साथै विष्टले पटक-पटक नेतृत्व गर्दा र आफुले एकपटक मात्रै नेतृत्व गर्दाका याेजना तुलना गर्न आफू तयार रहेकाे बताइन् ।

विगतमा मैले कहाँ भाेट राखे भन्ने भन्दापनि अब कहाँ राख्ने बिषय मुख्य रहेकाेले मंसिर -४ काे निर्वाचनमा कलम चिन्हमा मतदान गर्न आग्रह गरिन् । कार्यक्रममा नेपाली काँग्रेस, माअा

ेवादी केन्द्र, एकीकृत समाजवादी लगायतका राजनीति दलका विभिन्न तहका नेताहरू, दलका विभिन्न भातृ संगठनका प्रमुख एवम् प्रतिनिधि लगायतकाे उपस्थिति रहेकाे थियाे ।- गुल्मी अपडेट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय