आयोगलाई प्रचण्डले दिए लिखित जवाफ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगलाई लिखित रूपमा जवाफ फर्काएका छन्।

उम्मेदवारी दर्ताको क्रममा आयोगले बाजा किन बजाएको भनेर स्पष्टीकरण सोधेपछि त्यसको जवाफ फर्काएको शनिवार गोरखामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै जानकारी गराएका हुन्। आयोगलाई स्पष्टीकरण बुझाएकोबारे उनले भने, ‘अस्ति कसले बाजा बजाएछ। तर, बाजा कहाँबाट आयो मलाई थाहा छैन। निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो। मेरो योजनामा होइन भनेर लिखित स्पष्टीकरण दिएर आएँ।’ उनले आफूले के बोल्छ, के गर्छ भनेर आफूलाई माइक्रोस्पकोले हेर्ने काम भइरहेको उल्लेख गरे।

यो पनि पढ्नुहोस् – २९ असोज, काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६ व्यक्ति र ८ संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आयोगमा परेका उजुरी तथा प्राप्त जानकारीका आधारमा आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत विभिन्न पार्टीका नेता र संस्थालाई स्पष्टीकरण सोधेको हो ।

आयोगले जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, पचरौता गनरपालिकाका प्रमुख जलन्धर सिंह जैसवार, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रमा अधिकृत सातौं तहमा कार्यरत गोकुल वस्ती, हाम्रो नेपाल पार्टीका अध्यक्ष अनन्तराज घिमिरेसँग पनि स्पष्टीकरण सोधेको छ ।

आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार नुवाकोट-१ का उम्मेदवार बद्री मैनाली पनि आयोगले स्पष्टीकरण सोधेको छ । त्यस्तै, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयलाई आयोगको सहमति बमोजिम मात्र कार्यसम्पादन गर्न आयोगले निर्देशन दिएको छ ।

सहायक प्रवक्ता भट्टराईका अनुसार आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, बीमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय