होटलमा बस्न गएकी महिलाको जलेर शंकास्पद मृत्यु

काठमाडौं । काठमाडौंको नक्सालमा रहेको क्राउन प्लाजा होटलमा जलेर एक महिलाको शंकास्पद मृत्यु भएको छ ।

होटलको कोठामा जलेकी २३ वर्षकी महिलाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा हिजो मृत्यु भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । महिलाको मृत्युबारे छानबिन गर्न प्रहरीले २ जनालाई प,क्राउ गरेको छ ।

प,क्राउ पर्नेमा होटलका कर्मचारी पवनकुमार श्रेष्ठ र महिलासँगै होटलमा बस्न गएका केशव रिजाल रहेका छन् । महिला होटलमा जलेर गम्भीर घाइते भए पनि होटलले प्रहरीलाई खबर गरेको थिएन । प्रहरीले अस्पतालबाट जानकारी पाएको थियो । प,क्राउ परेका दुवैलाई ५ दिन म्याद थप गरिएको र घटनाबारे थप छानबिन भइरहेको एसपी मैनालीले बताउनुभयो ।

यो पनि पढ्नुहोस् – काठमाडौं । बारामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताउनुभयो ।

प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँ भन्दा २ किलोमिटर उत्तरमा उनीहरुको शव भेटिएको छ ।

ढोरा खोला किनार तीन जनाको शव फेला परेको जानकारी दिउँसो साढे २ बजेतिर आएपछि प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहको प्रहरी उपरीक्षक बोगटीले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय