प्रचण्डले दुई मुख्यमन्त्री र माधव नेपालले मन्त्रीलाई नै दिएनन् टिकट

काठमाडौं – आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा धेरै चर्चित नेता टिकट पाउनबाट वञ्चित भएका छन् ।

जसमा एमालेका भीम रावल, घनश्याम भुसाल, नेपाली कांग्रेसका डा.मिनेन्द्र रिजाल, सीतादेवी यादव, डा.गोविन्द पोखरेल, महेश आचार्य, गुरुराज घिमिरे, अमरेश सिंहलगायत छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने बहालवाला मुख्यमन्त्रीलाई नै टिकट दिएनन् । माओवादीबाट मुख्यमन्त्री रहेका लुम्बिनीका कुलप्रसाल केसी र सुदूरपश्चिम प्रदेशका त्रिलोचन भट्टले संघ र प्रदेशमा टिकट नै पाएनन् ।

प्रचण्डले कृष्णबहादुर महरा, हरिबोल गजुरेल, लीलामणि पोखरेल, गणेश साह, लेखनाथ न्यौपानेलाई पनि उम्मेदवार बनाएनन् । यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने बहालवाला मन्त्री र राज्यमन्त्रीलाई नै टिकट दिएनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ र राज्यमन्त्री हिराचन्द्र केसीले उम्मेदवार बन्नबाट वञ्चित भएका हुन् । खापुङ तेह्रथुमका हुन् भने केसी दाङका।

टिकट नपाउने पक्का भएपछि मन्त्री खापुङ र केसी दुवैले यो पटक नउठ्ने भन्दै आइरहेका थिए। स्वास्थ्य मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीका रुपमा दुवैको काम सन्तोषजनक नभएको भन्दै मन्त्रालयका कर्मचारीले आलोचना गर्दै आइरहेका छन्। – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय