देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी

डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उजुरी परेको हो । डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ छ । मतदाता नामावलीमा भने उनको जन्म मिति ३१ जेठ २००२ लेखिएको छ ।

जन्ममिति फरक परेको भन्दै देउवाका प्रतिस्पर्धी कर्ण मल्लले निर्वाचन आयोगमा उजुरी दिएका हुन् । उजुरीमा उनले देउवाको उम्मेदवारी खारेजीको माग गरेका छन् ।

डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले देउवाको उम्मेदवारी विरुद्ध उजुरी परेको पुष्टि गरे । अनलाइनखबरसँग उनले भने, ‘उजुरी परेको छ । उजुरीमाथि आवश्यक कारबाही सुरु भइसकेको छ ।’

यो पनि पढ्नुहोस् – रोल्पा । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका रोल्पावाट १५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालय रोल्पाका अनुसार एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ५ जना दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा १० जनाको उम्मेदवारी परेको छ ।

प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका वर्षमान पुन, नेपाल मजदुर किसान पार्टीवाट नाती भाइ ह्योम्बा, नेकपा एमालेबाट पूर्ण वुढामगर, राप्रपाबाट लीला रावल र राप्रपा नेपालबाट रामबहादुर वलीक्षेत्रीको उम्मेदवारी परेको छ ।

प्रदेश सभा (क) मा नेकपा एमालेबाट कमल वुढाथोकी, राप्रपा नेपालबाट गंजवहादुर शाही , नेकपा माओवादी केन्द्रबाट जोखबहादुर महरा र राप्रपाबाट पदमबहादुर थापाको उम्मेदवारी दर्ता भएको छ ।

प्रदेश सभा (ख) मा नेपाली कांग्रेसबाट अमरसिंह पुन, राप्रपाबाट केशरबहादुर पुन, स्वतन्त्रवाट दीपेन्द्रकुमार पुनमगर र नवराज डाँगी, नेकपा एमालेबाट प्रेमबहादुर घर्तीमगर र राप्रपावाट सेते दमाईकोे उम्मेदवारी दर्ता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय