किशोरीले नै बोलाएर होटेल पुगेका रहेछन् सन्दिप

काठमाडौं । यौ नज न्य क सुरमा पक्राउ परेका राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने चार दिनदेखि गौशाला प्रहरीको हिरासतमा छन् । उनलाई त्यहाँ अन्य कैदी बन्दी सरह नै राखिएको छ ।

आफूलाई भेट्न आएकाहरूसँग सन्दीपले प्रहरीको व्यवहार र बसाइलाई लिएर कुनै गुनासो गरेका छैनन् । उनले सबैसँग आफू निर्दोष रहेको र आरोप निराधार रहेको दोहोर्‍याइरहेका छन् । सन्दीपको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘रुम अलिकति निसा स्सिँदो भए पनि भित्रको माहोल ठिकै छ ।

प्रहरीले अहिलेसम्म सहयोगी व्यवहार गरिरहेका छन् ।’ सन्दीपले हिरासतभित्र सबै कैदीका लागि पाक्ने खाना नै खाइरहेका छन् । हिजो उनलाई परिवारजनले अलिकति ड्राइफ्रुट्सका साथै टावेल, ट्राउजर लगायतका लुगाफाटा पुर्‍याइदिएका थिए ।

सन्दीपलाई आज उनका वयोवृद्ध आमाबुवा हिरासतमा भेटे । बुवा चन्द्रनारायण र आमा कोपिलादेवीले आज दिउँसो गौशाला प्रहरी वृत्तमा पुगेर छोरालाई भेटेका हुन् । आफैँ अस्वस्थ अवस्थामा रहेका आमाबुवा सन्दीपलाई भेट्न आजै चितवनबाट काठमाडौं आएका थिए ।

उनीहरूले प्रहरीको रोहबरमा सन्दीपसँग केही बेर कुराकानी गरेको प्रहरी स्रोतले बतायो । कुराकानीका क्रममा तीनै जना भावुक बनेको स्रोतको भनाइ छ । सन्दीपलाई भेटेर आजै चितवन फर्किने उनीहरूको तयारी थियो । फर्के÷नफर्केको चाहिँ थाहा हुन सकेन । सन्दीपविरुद्ध प्रहरीमा जाहेरी परेदेखि मा नसि क तनावमा परेका आमाबुवा अहिले चितवनमै रहेको छोरीको घरमा बस्दै आएका छन् ।

सन्दीप नेपाल आएर आ त्मसमर्पण गरेपछि भारतमा बस्ने उनका दाइ काठमाडौं आएका थिए । उनले दाजुको लगेज बुझेर लगेका छन् । सन्दीपसँग हिजो नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले हिरासतमा भेटेका थिए । चन्दसँगपनि सन्दीपले आफू निर्दोष रहेको भन्दै न्यायको लडाइँमा साथ दिन आग्रह गरे ।

नेपाल प्रेससँग कुरा गर्दै चन्दले सन्दीपलाई विचलित नहुन र न्याय प्रणालीमा विश्वास राख्न आफूले सुझाव दिएको बताए । यसैबीच सन्दीपले आफूमाथि लागेको आरोपका विषयमा आफ्ना कानून व्यवसायीलाई सुरुवाती ब्रिफिङ गरेका छन् । सन्दीपको तर्फबाट बहस गर्ने तयारीमा रहेका कानून व्यवसायी सरोज घिमिरेले हिजो उनलाई दोस्रो पटक हिरासतमा भेटेका थिए ।

घिमिरेका अनुसार किशोरीकै प्रस्तावमा आफूले उनलाई भेटेको सन्दीपको भनाइ छ । ‘उनले नै भेट्ने चाहना व्यक्त गरेपछि म गएको हुँ, ज बर ज स्ती होटलमा लगेको कुरा झुट्टो हो,’ सन्दीपको भनाइ उद्धृत गर्दै घिमिरेले भने । सन्दीपले अहिलेसम्म कुनै सवुत प्रमाण भने उपलब्ध गराएका छैनन् । सन्दीपको मोबाइल फोन प्रहरीको नियन्त्रणमा छ ।

घिमिरेले भोलिबाट आफूहरूले आन्तरिक रूपमा अध्ययन अनुसन्धान सुरु गर्ने जानकारी दिए । सन्दीप गत बिहीबार त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । एक किशोरीले आफूमाथि ज बर जस्ती कर णी गरेको आरो प लगाउँदै जाहेरी दिएपछि उनीमाथि प्रहरी अनुसन्धान जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय