गुल्मीमा गठबन्धन विरुद्ध वागी उम्मेदवारी

गुल्मी : गुल्मीमा गठबन्धन विरुद्ध वागी उम्मेदवार परेको छ । गुल्मी निर्वाचन क्षेत्र नम्वर २ बाट गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकी सचिव नेतृ रामकुमारी विरुद्ध नेपाली काँग्रेसका महासमिति सदस्य डाक्टर दामोदर भुसालले वागी उम्मेदवारी दर्ता गराएका हुन् ।

भुसालले आजबाट आफू स्वतन्त्र नागरिक भएकाले संविधान र देशको रक्षाको निम्ती आफूले उम्मेद्वारी दर्ता गराएको बताए । सो क्षेत्रमा नेकपा एमालेको तर्फबाट सचिव गोकर्णराज बिष्टले उम्मेदवारी दर्ता गराएका छन् ।

यो पनि पढ्नुहोस् – काठमाडौं नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराएका छन् । आइतवार भक्तपुरको प्रतिनिधिसभा २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराएका हुन् ।

बाजागाजासहित कार्यकर्ताको भीडलाई लिएर नेता बस्नेतले उम्मेदवारी दिन पुगेका थिए । उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता बस्नेतले राष्ट्रिय राजनीतिमा नेकपा एमाले आएपछि मात्रै भक्तपुरको आवाज संसदमा मुखरित भएको बताए ।

उनले आगामी निर्वाचनमा विजयी बनेसँगै भक्तपुरमा औद्योगिकरणका साथै नयाँ शहर निर्माणको काम गर्ने र रोजगारी सिर्जना गर्ने काम आफ्नो लक्ष्य रहेको बताए । उनले आफू तेब्बर मतान्तरका साथ विजयी हुने पनि बताए । नेता बस्नेतले भने, ‘राष्ट्रिय राजनीतिमा नेकपा एमाले आएपछि मात्रै भक्तपुरको आवाज मुखरित भयो ।

पहिला भएको थिएन भन्ने जनताको गुनासो छ । भक्तपुरलाई राष्ट्रिय राजनीतिमा मुखरित गराउनेछौँ । व्यापक औद्योगिकरण, नयाँ शहर निर्माण, धेरै रोजगारीको निर्माण गर्नेछौँ । सांस्कृतिक सम्पदाको पुनः निर्माण र निरन्तरता दिने हाम्रो उद्देश्य छ । हामीले भक्तपुरको विकासको निमित्त अधिकतम प्रयोग गर्ने हिसावले काम गर्नेछौँ ।

गठबन्धन जनताको बीचमा अलोकप्रिय र आलोचित भएको छ । नेकपा एमाले भएन भने राष्ट्रिय राजनीति कमजोर हुन्छ । हामी यसपालिको निर्वाचनको हाम्रो प्रतिपक्षी प्रतिष्पर्धा काँग्रेस भन्दा तेब्बर भोटको अन्तरले जित्नेछौँ ।’

नेता बस्नेतले गठबन्धन जनताको बीचमा अलोकप्रिय र आलोचित भइरहेको बताए । उनले आगामी निर्वाचनमा प्रतिपक्षी काँग्रेसको भन्दा तेब्बर मतान्तरले आफू विजयी बन्ने दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय