रुपन्देही -५ मा एमालेको किचलो २ जनाको उम्मेदवारी दर्ता

रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा एमालेका तर्फबाट २ जनाको उम्मेदवारी दर्ता भएको छ । एमालेबाट खिमलाल भट्टराई र वासुदेव घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् ।

पार्टीको टिकट लगेर घिमिरेले ३ बजेर ५० मिनेट जाँदा उम्मेदवारी दर्ता गराएका थिए । भट्टराईले भने ४ बजेर ४५ मिनेट जाँदा उम्मेदवारी दिएका छन् । घिमिरे तिलोत्तमा नगरपालिकाका पूर्व मेयर हुन् भने भट्टराई राष्ट्रिय सभामा एमाले संसदीय दलका प्रमुख सचेतक रहेका थिए ।

भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सिधा आदेशमा उम्मेदवारी दर्ता गराएको फेसबूकमा उल्लेख गरेका छन् । ‘पार्टी अध्यक्ष आदरणीय कमरेड केपी शर्मा ओलीज्यूको सीधा आदेश, मेरो दिवंगत पिताजी, आमाको आशीर्वाद, पार्टी कार्यकर्ताको उत्कट माग,

यहाँका जनता आदरणीय आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूको अगाध स्नेह र मायालाई शीरमा राखेर मैले रुपन्देही क्षेत्र ने ५ बाट संघीय सांसद पदमा उम्मेदवारी दिएको छु । रुपन्देही क्षेत्र नं ५ अर्थात् लुम्बिनी क्षेत्रको​ कायाकल्प मेरो संकल्प,’ उनले फेसबूकमा लेखेका छन् ।

दुवैले आफू एमालेको आधिकारिक उम्मेदवार भएको दाबी गरेका छन् । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिले तय भएको उम्मेदवारी रद्द गरिएको पत्र पठाएका छन् । भुलवश वासुदेव घिमिरेको नाममा पत्र पठाइएको भन्दै ओलीले खिमलाल भट्टराई आधिकारिक उम्मेदवार भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय