चुनावि माहोल ,नेपालको मनोनयन दर्ता !

२३ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले रौतहट क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराउनुभएको हो।

यो क्षेत्रमा नेकपा एमालेको तर्फबाट उम्मेदवार टुंगो लागेको छैन ।प्रदेश सभाका पूर्व सदस्य बाबुलाल साहले रौतहट क्षेत्र नं. १ को (क) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराऊनुभएको छ।

यो पनि पड्नुहोस……

रवि लामिछानेले चितवन २ मा उम्मेदवारी दिँदै- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् । सभापति लामिछानेलाई चितवन २ बाट उम्मेदवार बनाउने निर्णय भएको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले रातोपाटीलाई बताए । बोहराका अनुसार लामिछाने उम्मेदवारी दर्ताका लागि चितवन पुगिसकेका छन् ।

रवि मनोनयनका लागि आफ्नो टिमसहित चितवन पुगिसकेका छन् । काठमाडौं र चितवन मध्य एक ठाउँबाट चुनाव लड्ने चर्चा थियो । लामिछानेले चितवन २ बाट उम्मेदवारी दिने भएका छन् । यहाँ एमालेले कृष्णभक्त पोखरेल र कांग्रेसले उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको छ । ०७४ मा तत्कालीन बाम गठबन्धनका उम्मेदवार एमालेका पोखरेल निर्वाचित भएका थिए ।

यो पनि पढ्नुहोस् – निर्वाचन आयोगले सार्वजनिक गर्‍यो समानुपातिक उम्मेदवारहरुको सूचीकाठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । सबै राजनीतिक दलहरुको समानुपातिक सूची आयोगले आज बिहान सार्वजनिक गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको चुनावमा भाग लिने गरी ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय