यसपालिको साथीमार्ट वामीटक्सारको उपहार ललिता तिवारीलाइ,पुससम्म अफर रहने

वामीटक्सार गुल्मी – साथिमार्ट अन्तरगत संचालनमा रहेको वामीटक्सार शाखाबाट ललिता तिवारीले यसपालीको ग्राहक  उपहार जित्नुभएको छ। साथीमार्ट वामीटक्सार शाखाले संचालन गरेको हप्ताभरि सबैभन्दा बढी रकमको कारोबार गर्ने एक जनाले पाउने उपहार योजना अन्तरगत उक्त उपहार तिवारीले जित्नुभएको संचालक सुमन कक्षपतिले जानकारी दिनुभयो ।

साथीमार्टको देशभर रहेको सुविधाभन्दा यो सुबिधा अतिरिक्त रहेको पनि कक्षपतिले बताउनुभयो । यो ग्राहक उपहार वामीटक्सार शाखामा मात्र लागु हुने, यहि असोज १ गतेदेखि संचालन भएको र सुरु भएको १५ हप्तासम्म रहने छ भने देशभर संचालनमा रहेको क्यासब्याक कार्तिक १४ गतेसम्म रहनेछ ।

तिवारीले यो हप्ता सबैभन्दा बढी कारोबार गर्नुभएकोले, उहाले तत्काल ५ प्रतिशत छुट पाउनुभयो,छुट पाएसकेपछी पनि खल्तीबाट रकम तिर्दा १० प्रतिशत क्यासब्याक पनि पाउनुभयो साथमा आकर्षक उपहार पाउदै उपहार बिजेता पनि बन्नुभयो यसरी अन्य ठाउमा भन्दा साथीमार्टबाट कारोबार गर्दा आफुलाई धेरै खुसी मिलेको र अरुलाई मार्टबाटै कारोबार गरि प्रशस्त लाभ लिन पनि उहाले आग्रह गर्नुभएको छ ।

हाल देशभर संचालनमा आएको साथिमार्ट अफर अन्तरगत किनबेच गर्दा ४० प्रतिशत सम्म छुट र खल्तीएप्सबाट सामान किनेको रकम तिर्दा जम्मा रकमको १० प्रतिशत तुरुन्तै प्राप्त हुने साथै यो सेवा धेरै ग्राहकले उपयोग गरेको र खुसी व्यक्त गरेको साथिमार्टले जनाएको छ ।

वामीटक्सारमा साथीमार्ट गत बैशाखदेखि संचालनमा आएको र नया किसिमको ब्यापार शैली आजको आवश्यकता रहेको कक्षपतिले बताउनुभयो । – यस अघिको उपहार सजना शाक्यले जित्नुभएको थियो ।

सम्बन्धित समाचार – नेपालकै ठूलो रिटेल चेन साथीमार्टले देशव्यापी रूपमा दशैँ–तिहार अफर ल्याएको छ ।साथै मार्टले ‘साथीमार्टको डिजिटल दशैँ, क्यासब्याक पनि उपहार पनि’ अभियान समेत सुरु गरेको हो । जुन भाद्र ३० गतेदेखि कात्तिक १४ गतेसम्म सञ्चालनमा रहनेछ । उक्त अभियान साथीमार्ट र खल्तीको संयुक्त आयोजनामा भएको साथीमार्टका संस्थापक सिइओ सागर पोखरेलले जानकारी दिए ।

‘यस अभियान अन्तर्गत ग्राहकले नेपालको जुनसुकै ठाउँमा रहेका साथीमार्टमा गई सपिङ गर्न सक्नेछन् भने अनलाइन मार्फत पनि सेवा लिन सक्नेछन्,’ उनी भन्छन् ‘हरेक अनलाइन वा अफलाइन सपिङमा ४० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छौँ ।’

यस्तै, ग्राहकले सपिङ गरे पश्चात खल्ती एपबाट रकम भुक्तानी गर्दा तत्कालै १० प्रतिशत क्यासब्याक पाउनुका साथै ‘लक्की ड्र’ समेत सो ग्राहकको नाम समावेश हुने पोखरेल बताउँछन् । उनका अनुसार, यो अभियान सकिएपछि ‘लक्की ड्र’ मार्फत १० जना भाग्यशाली बिजेता छानिने छन् । जसअन्तर्गत ७ प्रदेशका ७ जना बिजेताले इलेक्ट्रिक कितली र ३ जना भाग्यशाली बिजेताले बम्पर पुरस्कारमा क्रमश वाटर प्युरिफायर, माइक्रोवेभ ओभन र इन्डक्सन चुलो पाउनेछन् ।

यो अभियान अन्तर्गत ग्राहकले मार्टबाट खरिद गर्ने ग्रोसरी, इलेक्ट्रिक सामान, लिक्वेयर लगायत सबैमा लागु हुनुका साथै अनलाइनमा उपलब्ध सामाग्री खरिदमा विशेष छुटको समेत व्यवस्था गरिएको छ । अनलाइन सपिङका लागि ग्राहकले एप  गएर वा मोबाइल एपबाट सजिलै सपिङ गर्न सक्नेछन् । भने अफलाइन सपिङका लागि देशभर ३० भन्दा बढी जिल्ला र ६० भन्दा बढी शहर गरि १०८ वटा स्टोर सञ्चालनमा रहेको साथीमार्टले जनाएको छ ।

ग्राहकले डिजिटल पेमेन्टका लागि खल्ती, एनआइसी एसिया, इ–सेवा, फोन–पे लगायतबाट भुक्तानी गर्दा विभिन्न छुट पाउने व्यवस्था समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय