कांग्रेस प्रवेशको लहर सङ्गै, नेकपा सरकारको विरुद्ध सडकमा उर्लियो जनसागर।

कम्युनिस्ट सरकारविरुद्ध सडकमा उर्लियो जनसागर, कांग्रेस प्रवेशको ओइरो
काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार कम्युनिस्ट सरकारको ज्यादतीविरुद्ध सोमबार नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को आयोजनामा सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा हजारौंको जनता सहभागी जनसागरसहित विशाल प्रदर्शन भएको छ ।

विरोध प्रदर्शनमा जिल्लाका गाउँगाउँबाट ठूलो संख्यामा सरकारविरुद्ध महाअभियानमा आमाबुवा, दिदीबहिनी दाजुभाईहरू उत्रिएका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको सभापतित्वमा भएको विरोध सभामा पूर्व सूचना तथा सञ्चारमन्त्री नेपाली कांग्रेसका केन्द्रीय सदस्य पार्टी खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले प्रमुख आतिथ्य ग्रहण गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेताहरू हरिशरण श्रेष्ठ, प्रमध्वज लामा, लिला नेपाल, टंक कार्की साथै सुनकोसी गाउँपालिकाका प्रमुख श्रवण कुमार जीसी (विनोद), विभिन्न स्थानीय निकायमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, पार्टीका नेता कार्यकर्ता लगायत भातृ शुभेच्छुक संस्थामा नेता कार्यकर्ता लगायत कम्युनिस्ट सरकारबाट वाक्कदिक्क भएका सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रममा हाँस्य कलाकार दमन रुपाखेती र राजन चौलागाईंले आफ्नो प्रस्तुतीमार्फत व्यंग्यात्मक तरिकाले सरकारको विरोध गरेका थिए ।

सरकारका ज्यादती तथा नेपाली कांग्रेसका नेता कार्यकर्ताले गरेका कार्यको धावा बोल्ने रमिते सरकार विरुद्धको अभियानमा कोशेढुंगा सावित कार्यक्रमले सरकारको दिन समाप्त भएको आभास दिलाउन नेपाली कांग्रेस केन्द्रिय खेलकुद विभागका सदस्य टपेन्द्र दर्नाल र युवा नेता युधिर पौडेलले सेतो वस्त्र लगाएर उत्रिएका थिए भने दर्जनौं नेता कार्यकर्ताले शंख फुकेर सरकारलाई ‘डेट एक्सपायर’को संज्ञा दिलाएका छन् ।

‘जुनसुकै पार्टीको सरकार आएता पनि सिन्धुपाल्चोकको सरकार भनेको नेपाली कांग्रेस नै हो,’ सभामा बोल्ने क्रममा पूर्वमन्त्री बस्नेतले भने, ‘अहिले नेपाली कांग्रेसले कम्युनिस्ट सरकारका जुनसुकै कुकार्य तथा भ्रष्टचारको जन्मकुण्डलीको चाङ लगाउँदैछ र समय आएपछि सबैको १–१ हिसाब किताब गरिने छ ।’

कार्यक्रममा पूर्वमन्त्री बस्नेत लगायत नेताहरूले सरकारका ज्यादतीको विरोधमा घोर निन्दा गरेका छन् ।

विरोध कार्यक्रममा गाउँगाउँबाट सवारीसाधनसहित आमसर्वसाधारण आएका थिए भने भीडभाड तथा सवारीसाधनको उच्च चापले बाह्रबिसे बजारको ट्राफिक व्यवस्थापनमा निकै कठिनाइ भएको प्रत्यक्ष देखिएको छ । प्रदर्शनलाई हेर्ने हो भने कम्युनिस्ट सरकारको अस्थित्व समाप्त भइसकेको आभास भएको स्थानीय नेताहरू बताउँछन् ।

विरोध सभाबीच जुगल, सुनकोसी र चौतारा सागाचोक गढी गाउँपालिकाबाट १५० जना नेपाली कांग्रेसमा प्रवेश गरी कम्युनिस्ट सरकारलाई विरोध स्वरूप झापड हानेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय