मुसिकोट नगरपालिकाद्धारा मकैको बीउ बितरण हुदै

विष्णु प्रसाद आचार्य/ गुल्मी/नबखबर

मुसिकोट नगरपालिकाद्धारा ५० प्रतिशत अनुदानमा कृषकहरुलाइ मकैको बीउ बितरण गरिने भएको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक स्विकृत कार्यक्रम खाद्यान्न तथा तरकारी बीउबीजन वितरण अन्तर्गत ५० प्रतिशत अनुदानमा मकैको बीउ बितरण गर्न लागिएको कृषी शाखा प्रमुख जनक पौडेलले नबखबरलाइ जानकारी दिनुभयो ।

सोमबार प्रकाशित सुचनामा इच्छुक कृषक, कृषक समुह, शहकारी र कृषी उद्यमीहरुले पौष २० गतेभित्र माग संकलन गरि कृषकको नाम , माग परिमाण , सम्पर्क नम्बर र मकै लगाउने जग्गाको क्षेत्रफल समेतको विवरण उल्लेख गरि कृषी शाखामा बुझाउन अनुरोध गरिएको कृषी शाखा प्रमुख जनक पौडेलले हस्ताक्षर गरेको सुचनामा उल्लेख गरिएको छ ।

१४२ दिनमा पाक्ने मनकामना ३ जातको मकैको बीउलाइ मध्य पहाडको ७५० मीटरदेखी १७०० मीटरसम्मको उचाइको बारीको लागि सिफारिस गरिएको छ भने ८० देखी ९० दिनसम्म पाक्ने अरुण २ जातको बीउलाइ मध्य पहाडको ७५० देखी ९०० मीटरसम्मको उचाइको खेतको लागि उक्त बीउ सिफारिस गरिएको छ ।

बीउ प्राप्त गर्नको लागि माग गरेको निवेदन , नागरिक्ताको फोटोकपी पेश गर्नुपर्ने छ भने समुह वा शहकारीको हकमा भने मकै लगाउने कृषकहरुको नामावली र क्षेत्रफल सहितको निर्णय , साथमा दर्ता प्रमाणपत्रको फोटोकपी पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय