चुनाव जितेर एमालेले सरकार बनाउँने ईश्वर पोखरेलको दाबी ’

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसपटकको चुनावलाई लडाइँको रुपमा लिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

एमालेको जनसंगठन राष्ट्रिय खेलकुद महासंघमा आबद्ध खेलाडीहरुलाई सम्बोधन गर्दै उनले यसपटकको निर्वाचनलाई केवल निर्वाचनका रुपमा मात्रै ठान्न नहुने बताए । “यो निर्वाचनलाई केवल निर्वाचन मात्रै ठान्न हुँदैन । यसपटकको निर्वाचन लडाइँको रुपमा हाम्रो अगाडि छ,” उनले भने, “जुन लडाइँ हामीले जित्नैपर्छ । जित्नैपर्ने लडाइँको रुपमा हामी यो निर्वाचनमा छौँ ।”

पोखरेलले पाँच दलीय गठबन्धनलाई एमालेले पराजित गर्ने उद्घोष गरे । गठबन्धनको कुनै भविष्य नभएको उनले ठोकुवा गरे । “गठबन्धनको कुनै सिद्धान्त, उद्देश्य, दृष्टिकोण, कार्यक्रम र गन्तव्य छैन । यो गठबन्धनको उद्देश्य एमालेलाई समाप्त गर्न चाहने मात्रै हो,” उनले भने, “यो गठबन्धनको आपराधिक षडयन्त्रलाई पराजित गर्न सबै लाग्न जरुरी छ ।”

स्थानीय तहको निर्वाचनमा गठबन्धनले एमालेलाई भित्तामा टाँसिदिने र टर्च बालेर खोज्नपर्छ भनेको स्मरण गर्दै पोखरेलले चुनावमा जनताको सबैभन्दा लोकप्रिय मत प्राप्त गर्ने एमाले सबैभन्दा ठूलो पार्टी बनेको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय