काठमाडौंका मेयर बालेन अस्वस्थ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह अस्वस्थ भएका छन् । उनलाई केही दिनअघि डेंगु संक्रमण देखिएको निकट स्रोतले बतायो ।

हाल घरमै आराम गरिरहेका बालेनको अवस्था अहिले सुधारोन्मुख रहेको स्रोतको भनाइ छ । पछिल्लोपटक उनी गत बिहीबार एक सार्वजनिक कार्यक्रममा देखिएका थिए । बालेनसँगै उनका निकट सहयोगी कुमार बेनलाई पनि डेंगुभएको स्रोतले बतायो । उनी पनि अहिले वेड रेस्टमा छन ।

बालेनलाई डेंगु भएको खवर उनको सचिवालयले सार्वजनिक गरेको छैन । काठमाडौंमा डेंगु अनियन्त्रित भएर फैलिरहेका बेला यसको रोकथामलाई प्राथमिकतामा नराखेर दशैको मुखमा जनताको घर भत्काउदै हिडेको भनेर एकथरीले बालेनको आलोचना गरिरहेकाले खबर गोप्य राखिएको हुन सक्ने अनुमान छ ।

सहयोगी कुमार बेनले बालेनलाई डेंगु नभएर फूड पोइजनिङ भएको दावी गरे । अहिले ठिक हुन लागेको उनले जानकारी दिए । आफू पनि अस्वस्थ भएर आराम गरिरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय